close

लगातारको वर्षाले एनसेलको सेवा अवरुद्ध

टेकपाना टेकपाना

असोज १२, २०८१ ९:४७

लगातारको वर्षाले एनसेलको सेवा अवरुद्ध

काठमाडौं । निरन्तरको भारी वर्षा र खराब मौसमका कारण विभिन्न स्थानमा मोबाइल सेवाप्रदायक एनसेलको सेवा अवरुद्ध भएको छ । एक सूचना जारी गर्दै कम्पनीले मौसमको प्रतिकूल परिस्थितिका कारण दूरसञ्चार सेवा प्रभावित भएको जानकारी दिएको छ ।

अवरुद्ध सेवा यथाशीघ्र पुनः सुचारु गर्न आवश्यक कदम चालिरहेको पनि कम्पनीले जनाएको छ । साथै लगातारको वर्षाले उत्पन्न गर्न सक्ने जोखिमलाई ध्यानमा राखी सबैलाई सतर्क रहन कम्पनीले आग्रह गरेको छ ।

अपडेट: अवरुद्ध भएको दूरसञ्चार सेवा नेपाल विद्युत प्राधिकरणको सहयोगमा पुनः सञ्चालनमा आएको एनसेलले जनाएको छ ।

पछिल्लो अध्यावधिक: असोज १२, २०८१ १४:३१