close

कार्यालयमा बाढी पसेपछि एपीवन टेलिभिजनको प्रसारण बन्द

टेकपाना टेकपाना

असोज १२, २०८१ १३:२३

कार्यालयमा बाढी पसेपछि एपीवन टेलिभिजनको प्रसारण बन्द

काठमाडौं । कार्यालयमा बाढी पसेपछि एपीवन एचडी टेलिभिजनको प्रसारण अनिश्चितकालकाे लागि रोकिएको छ ।

टेलिभिजनका प्रधान सम्पादक दीपेन्द्र बान्तावाले कार्यालयमा बागमती नदीको बाढी पसेपछि शनिवार बिहान ७ बजेपछि प्रसारण सेवा बन्द गरिएको जानकारी दिए ।

उनका अनुसार विद्युत् सेवा अवरुद्ध बन्द हुनुका साथै कार्यालयका गाडी, कम्प्युटर, ब्याकअप लगायतका सामग्रीसहित डुबानमा परेका छन् । 

अविरल वर्षाका कारण उपत्यकामा ठूलो जनधनको क्षति भएको छ । 

 

 

पछिल्लो अध्यावधिक: असोज १२, २०८१ १३:३५