काठमाडौं । इन्टरनेट सेवा प्रदायक कम्पनी सीजी नेटले चाडबाड विशेष अफर सार्वजनिक गरेको छ । नेपालीहरूको चाड दशैँ, तिहार, छठ तथा ईद पर्वको अवसरमा कम्पनीले असोज र कात्तिक महिनामा इन्टरनेट सेवा नवीकरण र नयाँ जडान गर्दा हातै खाली नरहने विशेष अफर ल्याएको हो ।
यस अफरमा सीजी नेटका सम्पूर्ण ग्राहकहरूले तीव्र गतिको इन्टरनेट सेवासँगै ३ महिनासम्मको बोनस, १५०० रुपैयाँसम्मको नगद छुट, इन्स्ट्यान्ट क्याशब्याक र फ्रि वाई–फाई–६ अपग्रेड पनि पाउन सक्नेछन् । हातै खाली नरहने अफरको साथमा सीजी नेटको १०१ एमबीपीएस गतिको वार्षिक प्याकेज नवीकरण तथा नयाँ जडान गर्ने ग्राहकले सुरुवाति मूल्य ९,९९९ रुपैयाँमै स्मार्ट बल्ब निःशुल्क पाउने छन् ।
त्यस्तै १५० एमबीपीएस र २५० एमबीपीएसको नवीकरण तथा नयाँ जडान गर्दा सुरुवाति मूल्य १२,४९९ मा अत्याधुनिक क्लोज सर्किट टेलिभिजन (सीसीटिभी) निःशुल्क पाइनेछ । यसैगरी ३५० एमबीपीएस र ६६६ एमबीपीएसको वार्षिक नवीकरण तथा नयाँ जडान गर्दा सुरुवाति मूल्य १४,४९९ मा दुबै निःशुल्क पाइने कम्पनीले जनाएको छ ।
नेपालका अधिकांश सहरमा सस्तो, छिटो र गुणस्तरीय इन्टरनेट सेवा प्रदान गर्दै आक्रामक व्यापार गरिरहेको यस कम्पनीले आफ्ना ग्राहकहरूलाई दैनिक रूपमा सीजी डिजिटल, मिनिसो, फारएवरयङ, कास्परस्काई एन्टी भाइरस, नेपाल टिकलेकटिभ्स र क्लास्सिक डायमन्डका सामान खरिदमा ७० प्रतिशतसम्मको छुटको व्यवस्था पनि गरेको छ ।
साथै, चैतन्य स्पाः र पठावबाट सेवा लिँदा पनि यति नै मात्राको छुट उपलब्ध गराइएको छ । त्यस्तै नवीकरण तथा नयाँ जडान गर्ने ग्राहकहरूले साप्ताहिक रूपमा ५० हजार मूल्य बराबरका मिनिसो र फारएवरयङ ब्रान्डका सामान उपहार स्वरूप प्राप्त गर्न सक्नेछन् । साथै, ग्राहकका लागि नथिङ ब्रान्डको सीएमएफ फोन–१, एयरबड र मिराया रिसोर्टमा एक रातको आकर्षक प्याकेज पनि घोषणा गरिएको छ ।
आक्रामक बजार नीतिका साथ कम्पनीले आफ्ना ग्राहकलाई यस योजना अन्तर्गत मासिक रूपमा वाशिङ मसिन, माइक्रोवेभ ओभन, तथा बम्पर उपहार योजना अन्तर्गत हिरोको जुम स्कुटर उपहार समेत घोषणा गरेको छ ।