दशैं बिदामा घरमै बसेर लाइभ हेर्नुहोस् नेपालका यी २० भन्दा बढी ठाउँका दृश्य
असोज २७, २०८१ ११:१७
काठमाडौं । दशैंमा पारिवारिक माहोललाई बिट मार्दै नयाँ नयाँ ठाउँ घुम्ने प्रचलन पछिल्लो समय बढेको छ । खासगरी साथीभाइ र आफन्तसँग ट्रेकिङ, हाइकिङ, जङ्गल सफारी लगायत अन्य साहसिक पदयात्रा गर्ने गरिन्छ ।
तपाईंहरूमध्ये कैयौं पदयात्राका लागि यात्रामा निस्किसक्नु भएको होला । कोही विशेष कारणले जान नपाउनु भएको होला । अथवा जाने योजना बनाउनु भएको छ भने मौसम र त्यहाँको अन्य जानकारी नपाउनु भएको हुनसक्छ ।
‘वेबक्याम नेपाल’ नामक युट्युब च्यानलले करिब डेढ वर्षअघिदेखि नेपालका विभिन्न स्थानमा क्यामेरा राखेर लाइभ प्रसारण गर्दै आएको छ । घुम्न जाने योजना छ र त्यहाँको मौसम वा स्थानको जानकारी लिनुपर्यो भने तिनै भिडिओलाई आधार बनाउन सक्नुहुन्छ । त्यस्तै घुम्न जान नपाउने अवस्था छ भने लाइभ भिडिओ हेरेर आनन्द लिन पनि सकिन्छ ।
यस च्यानलमा डेढ वर्षदेखि एकसाथ २० भन्दा बढी भिडिओ लाइभ छन् । यस युट्युब च्यानलका सञ्चालक मनि गुरुङ हुन्, जो अहिले बेलायतमा बस्छन् । ३२ हजार ६०० बढी सब्स्क्राइबर भएको यो च्यानल सन् २०१८ बाट सञ्चालनमा आएको हो ।
त्यस बखत यस च्यानलमा ७२ सालको भूकम्पमा भत्किएको धरहराको पुनः निर्माणको उद्घाटन कार्यक्रममा खिचिएका भिडिओ अपलोड गरिएका थिए । हालसम्म यस च्यानलमा ३९ बढी भिडिओ अपलोड भएका छन् ।
हेर्नुहोस् लाइभ:
१) समुन्द्र सहतदेखि ३८८० मिटरमाथि रहेको होटेल एभरेस्ट भ्युको लाइभ
२) होटेल एभरेस्ट भ्युकै अर्को दृश्य
३) होटेल टाशी डेलेक दिङ्गबोचेको दृश्य (४३६० मिटर)
५) हलेसी कोटाङ
६) हिमालय लजबाट लुक्ला विमानस्थलको दृश्य
७) हिमालयन लजबाटै लुक्ला विमानस्थलको अर्को दृश्य
८) पिरामिड इन्टरनेस्नल ल्याब्रोटरी लोबुचेको दृश्य (५०५० मिटर)
९) होटेल एभरेस्ट भ्युको अर्को दृश्य
१०) होटेल एभरेस्ट भ्यु हेलिप्याड
११) होटेल माउन्टेन भ्युको दृश्य
१३) काठमाडौंको दृश्य
१४) होटेल नोर्लिङ नाम्चे बजारको दृश्य (३४४० मिटर)
१५) एडेलवेइस, फेरिचे, नेपालबाट लाइभ स्ट्रिमिङ
१६) लामा लज, कोटे मिरा पिकको दृश्य
१८) बुद्ध लज, लुक्ला
१९) होटेल मिलन, घान्द्रुक कास्की

पछिल्लो अध्यावधिक: असोज २७, २०८१ ११:२१
