close

टेस्ला कारमा लाग्यो आगो, चार जनाको घटनास्थलमै मृत्यु

टेकपाना टेकपाना

असोज २९, २०८१ १२:३०

टेस्ला कारमा लाग्यो आगो, चार जनाको घटनास्थलमै मृत्यु

काठमाडौं । विद्युतीय सवारी निर्माता कम्पनी टेस्लाको गाडीमा आगलागी हुँदा चार जनाको घटनास्थलमै ज्यान गएको छ । फ्रान्सको निओर्ट सहरमा टेस्ला गाडी बाटोमा अनियन्त्रित भई साइनबोर्डमा ठोक्किंदा आगलागी भएको हो । 

स्थानीय प्रहरीलाई उद्धृत गर्दै समाचार एजेन्सी एपी शनिबार राति उक्त दुर्घटना भएको उल्लेख गरेको छ । सो दुर्घटनाको विवरण अझै बाहिर आउन सकेको छैन । 

स्थानीय प्रहरी प्रवक्ता लेफ्टिनेन्ट एरिक होरोले सो दुर्घटनाको परिस्थिति निर्धारण गर्न बाँकी रहेको र अनुसन्धान जारी रहेको बताए ।

गाडीको अवस्था हेर्दा त्यो बाटोबाट बाहिर आएको देखिएको उनले एपीलाई बताए । उक्त दुर्घटनामा प्रत्यक्षदर्शी कोही नभएकाले अनुसन्धान गर्न गाह्रो भएको बताइएको छ । त्यस्तै गाडीका एक चालक र तीन यात्रुको शरीर जलेर पहिचान गर्न नसकिने अवस्था छ । 

टेस्लाले यस विषयमा तत्काल कुनै प्रतिक्रिया दिएको छैन ।

पछिल्लो अध्यावधिक: असोज २९, २०८१ १२:३२