टेकपाना
कात्तिक ११, २०८१ १७:५०
काठमाडौं । सशस्त्र प्रहरीले कञ्चनपुरको भीमदत्त नगरपालिका-४, भासी इलाकामा १५ लाख रुपैयाँ बराबरका करिब पाँच हजार थान मोबाइल कभर बरामद गरेको छ ।
आइतबार अवैध रूपमा भारतबाट नेपाल ल्याइएको अवस्थामा रक्षा वेस मझगाउँको टोलीले यी मोबाइल कभर बेवारिसे अवस्थामा फेला परेका थिए ।
बरामद भएका मोबाइल कभर आवश्यक कानुनी कारबाहीका लागि गड्डाचौकी भन्सार कार्यालय, कञ्चनपुरमा बुझाइएको छ ।
सशस्त्र प्रहरीले सीमावर्ती क्षेत्रमा अवैध सामानको आयात रोक्न गस्ती र सुरक्षा व्यवस्थामा कडाइ गर्दै आएको जनाएको छ ।
पछिल्लो अध्यावधिक: कात्तिक ११, २०८१ १७:५०