काठमाडौं । सीजी मोटर्सले काठमाडौंको थापाथलीमा एक्सपेङ ईभीको फ्ल्यागशिप शोरुम सञ्चालनमा ल्याएको छ । शनिबार शोरुमको उद्घाटनसँगै सीजीले एक्सपेङको नयाँ जी६ इलेक्ट्रिक एसयूभीको बिक्री सुरुवात गरेको छ ।
फाइभ-स्टार सुरक्षा रेटिङ प्राप्त यस गाडीमा स्वचालित ड्राइभिङ, सुपर-फास्ट चार्जिङ, ४३५ किलोमिटरको रेन्ज लगायतका विशेषता छन् । यसमा १९० किलोवाट पावर र ४४० एनएम टर्क छ, जसमा ६६ किलोवाट घण्टाको ब्याट्री प्याक समावेश छ । यसको स्पोर्टी प्रदर्शनका लागि ५०:५० लोड रेसियो र २९-डायमेसन ब्याट्री सुरक्षा सुविधा पनि रहेको छ ।
गाडीले ४८० किलोवाटसम्मको डिसी फास्टचार्जर सपोर्ट गर्छ । यसमा रहेको एक्सएनजीपी इन्टेलिजेन्ट असिस्ट ड्राइभिङ सिस्टममा ३१ ओटा फरक सेन्सर, लाइडार, मिलिमिटर वेभ राडार, अल्ट्रासोनिक सेन्सर, क्यामेरा र ड्युल ओरिन एक्स माइक्रोचिपको प्रयोग गरिएको छ ।
गाडीको लम्बाइ ४७५३ एमएम, चौडाई १९२० एमएम र उचाई १६५० एमएम छ । ह्वीलमा पनि १८ र २० इन्चको अप्सन दिइएको छ ।
शोरुम उद्घाटनको अवसरमा एक्सपेङले २५ ओटा जी६ गाडीहरू पहिलो ग्राहकहरूलाई हस्तान्तरण पनि गरेको छ । यससँगै, एक्सपेङले नेपालको विद्युतीय सवारी क्षेत्रको भविष्यमा योगदान गर्ने आफ्नो योजना सार्वजनिक गरेको छ ।
अब, काठमाडौंको थापाथलीमा रहेको नयाँ शोरुममा ग्राहकले एक्सपेङका गाडीहरूलाई नजिकबाट अनुभव गर्न र टेस्ट ड्राइभ लिन सक्ने कम्पनीले जनाएको छ ।
एक्सपेङले विश्वभरि ३० भन्दा बढी देशहरूमा आफ्नो अत्याधुनिक एआई-संयुक्त गाडीहरूको उपस्थिति सुनिश्चित गरेको छ । साथै, विश्व अटोमोटिभ क्षेत्रमा चर्चित फोल्क्सवागन ग्रुपले एक्सपेङको ईभी प्रविधि र एआई प्लेटफर्ममा ठूलो लगानी गरेको छ ।
सीजी मोटर्सले नेपालभर २० भन्दा बढी बिक्री र सेवा केन्द्रहरू सञ्चालन गर्दै एक्सपेङलाई आफ्नो ब्रान्ड पोर्टफोलियोमा समाहित गरेको छ । कम्पनीले यस वर्षको अन्त्यसम्म ४० नयाँ सेवा केन्द्र खोल्ने योजना ल्याएको छ । त्यस्तै २४४ भन्दा बढी स्थानमा डीसी फास्ट चार्जिङ नेटवर्कमा २०० अतिरिक्त चार्ज पोइन्ट थप्ने लक्ष्य छ ।
एक्सपेङको जी६ को मूल्य ८४ लाख ९९ हजार रुपैयाँ तोकिएको छ ।