काठमाडौं । राहदानी विभागको सर्भरमा समस्या आउँदा दुई दिनदेखि राहदानी सेवा अवरुद्ध भएको छ । विभागले बिहीबारदेखि सर्भर डाउन गरेपछि सेवाग्राहीले राहदानी बनाउन र प्रक्रिया अघि बढाउन समस्या भोग्नुपरेको छ ।
विभागका अनुसार सर्भरमा मालवेयर प्रवेश गरेको आशंकामा थप क्षति रोक्नका लागि सर्भर बन्द गरिएको हो । "दुई नदेखिदि सर्भर डाउन भएर सबै सेवा प्रभावित भएको छ," विभागका एक प्रतिनिधिले भने, "सम्भवतः आइतबारसम्म समस्या समाधान हुनेछ, तर यसबारे निश्चित केही भन्न सकिने अवस्था छैन ।"
सर्भर डाउन हुँदा विशेषगरी तत्काल राहदानी बनाएर विदेश जानुपर्ने वा प्रक्रिया थाल्नुपर्ने सेवाग्राही बढी प्रभावित भएका छन् । समस्या समाधानका लागि प्राविधिक टोली खटाइएको विभागले जनाएको छ ।
सर्भरलाई चाँडो सञ्चालनमा ल्याउनका लागि प्रयास जारी रहेको र समस्या समाधान भएपछि सेवा पुनः सुचारु गरिने विभागले जनाएको छ ।