close

खल्तीले मात्रै बेच्यो 'पूर्ण बहादुरको सारङ्गी' सहित नेपाली चलचित्रका करिब ४ लाख टिकेट*

टेकपाना टेकपाना

मंसिर १०, २०८१ १५:९

खल्तीले मात्रै बेच्यो 'पूर्ण बहादुरको सारङ्गी' सहित नेपाली चलचित्रका करिब ४ लाख टिकेट*

काठमाडौं । डिजिटल वालेट खल्तीले मात्रै नेपाली सुपरहिट चलचित्र पूर्ण बहादुरको सारङ्गी सहित नेपाली चलचित्रका करिब चार लाख टिकेट बिक्री गर्न सफल भएको छ । कम्पनीले सामाजिक सञ्जालमा एक पोस्ट राख्दै यसबारे जानकारी सार्वजनिक गरेको हो ।

"रेकर्ड ब्रेक गर्दै नेपाली सिनेमा" भन्दै कम्पनीले इतिहास रचेकोमा प्रशंसा समेत गरेको छ । "तपाईँहरूले खल्तीबाट ३ लाख ९९ हजार ८५१ भन्दा बढी मुभी सिट बुक गर्नु भएको छ । हामी अझै गणना गर्दै छौँ," कम्पनीले भनेको छ ।

*यसअघि त्रुटिबस 'पूर्ण बहादुरको सारङ्गी चलचित्रका करिब ४ लाख टिकेट बिक्री' उल्लेख हुन गएकोमा सच्याइएको छ । -स.

पछिल्लो अध्यावधिक: मंसिर १०, २०८१ १५:३३