close

वनएक्स बेटमा ५५ करोड बढीको कारोबार गर्ने नेपाली एजेन्ट पक्राउ

टेकपाना टेकपाना

मंसिर १२, २०८१ १४:३६

सांकेतिक तस्वीर सांकेतिक तस्वीर

काठमाडौं । नेपालमा पूर्ण रूपमा प्रतिबन्धित अनलाइन बेटिङ प्लेटफर्म वनएक्स बेटमा करौडौं रुपैयाँ कारोबार गर्ने एक एजेन्ट पक्राउ परेका छन् ।

पाँचथर घर भई ललितपुर बस्ने ३७ वर्षीय सुनील राईलाई हालै काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुको टोलीले पक्राउ गरेको हो ।

प्रहरी स्रोतका अनुसार वनएक्स बेटमा उनले ५५ करोड रुपैयाँ भन्दा बढीको कारोबार गरेको पाइएको छ । यसबारे चाँडै नै थप विवरण सार्वजनिक गरिने प्रहरीले जनाएको छ ।

पछिल्लो अध्यावधिक: मंसिर १२, २०८१ १४:४९