close

अमेरिकामा रहेका धेरैजसो नेपाली प्रविधि क्षेत्रमा, कमाइ ५० देखि ८० हजार डलरसम्म

टेकपाना टेकपाना

पुस २, २०८१ १९:३४

एआईबाट तयार पारिएको सांकेतिक तस्बिर एआईबाट तयार पारिएको सांकेतिक तस्बिर

काठमाडौं । अमेरिकामा बस्ने नेपालीमध्ये प्रविधि क्षेत्रमा काम गर्नेहरूको सङ्ख्या सबैभन्दा धेरै रहेको पाइएको छ । इन्स्टिच्युट फर इन्टिग्रेटेड डेभलपमेन्ट स्टडिजले प्रकाशन गरेको एक प्रतिवेदनले यस्तो तथ्य बाहिर ल्याएको हो ।

'नेपाली माइग्रेन्ट ड्रिम्स इन अमेरिकन ल्यान्डस्केपः एन एक्स्प्लोरेसन अफ दी नेपाली डायस्पोरा इन द युनाइटेड स्टेट्स' नामक उक्त अनुसन्धान प्रतिवेदनको लेखकमा डा. अरुण जोशी, विभव प्रधान र रुजेल श्रेष्ठ रहेका छन् । जसअनुसार अमेरिकामा बस्ने कूल नेपालीमध्ये ३४.७ प्रतिशत प्रविधि क्षेत्रमा संलग्न रहेका छन् ।

त्यसपछि क्रमशः स्वास्थ्य क्षेत्रमा १६.१ प्रतिशत, वित्तीय क्षेत्रमा प्रतिशत र शिक्षा क्षेत्रमा ७ प्रतिशत काम गर्दै आएका छन् । यस बाहेक खाद्य तथा होटेल सेवामा ६.८ प्रतिशत, कानुन, सार्वजनिक सेवा तथा सम्बन्धित परामर्श क्षेत्रमा ६.३ प्रतिशत, वातावरण तथा कृषि क्षेत्रमा ४.३ प्रतिशत र युटिलिटी क्षेत्रमा चार प्रतिशत सहभागी रहेको प्रतिवेदनमा उल्लेख छ ।

अमेरिकामा रहेर प्रविधि क्षेत्रमा संलग्न आप्रवासी नेपालीहरूमध्ये पुरुषले औसतमा वार्षिक ८० हजार अमेरिकी डलर र महिलाले औसतमा ४५ हजार अमेरिकी डलर कमाउने गरेको उल्लेख छ । यद्यपि प्रविधि क्षेत्रभन्दा आप्रवासी नेपालीहरूले कानुन, सार्वजनिक सेवा तथा परामर्शको क्षेत्रमा बढी आम्दानी गर्ने गरेका छन् ।

पछिल्लो अध्यावधिक: पुस २, २०८१ १९:३५