close

आइतबार मध्यरातदेखि बिहान ५ बजेसम्म फोनपे नचल्ने

टेकपाना टेकपाना

पुस ५, २०८१ १५:३

आइतबार मध्यरातदेखि बिहान ५ बजेसम्म फोनपे नचल्ने

काठमाडौं । आउँदो आइतबार राति केही घण्टा फोनपेको सम्पूर्ण सेवा अवरुद्ध हुने भएको छ । एक सूचना जारी गर्दै फोनपेले आइतबार राति १ बजेदेखि बिहान ५ बजेसम्म आफ्नो सेवा उपलब्ध नहुने जानकारी दिएको हो ।

आइतवारका दिन बिहान १ (मध्यरात) बजेदेखि ५ बजेसम्म फोनपे पेमेन्ट सर्भिस लिमिटेडको डिजास्टर रिलिफ ड्रिलको परीक्षण (डीआर ड्रिल) गर्नुपर्ने भएकोले उक्त समयावधिका लागि फोनपेको सम्पूर्ण सेवाहरू अवरुद्ध हुने जानकारी गराउन चाहन्छौं,” सूचनामा उल्लेख छ ।

हाल फोनपेले पर्सन टु पर्सन, पर्सन टु मर्चेन्ट, फास्ट ट्याग, फोनपे पोइन्ट लगायतका भुक्तानी सेवा प्रदान गर्दै आइरहेको छ ।

पछिल्लो अध्यावधिक: पुस ५, २०८१ १५:३