close

जनकपुरका समर्थकलाई क्रिकेटर आलमको आग्रहः कृपया सामाजिक सञ्जालमा आएर मलाई गाली नगर्नू

टेकपाना टेकपाना

पुस ६, २०८१ १२:२८

जनकपुरका समर्थकलाई क्रिकेटर आलमको आग्रहः कृपया सामाजिक सञ्जालमा आएर मलाई गाली नगर्नू

काठमाडौं । क्रिकेटर मोहम्मद आदिल आलमले आफूलाई सामाजिक सञ्जालका विभिन्न माध्यममा आएर गाली नगर्न आग्रह गरेका छन् । शुक्रबार फेसबुकमा एक पोस्ट राख्दै आलमले समर्थकलाई सम्बोधन गर्दै आफूलाई अनावश्यक रूपमा हैरानी नगर्न आग्रह गरेका हुन् ।

“प्यारा जनकपुर बोल्ट्सका फ्यानहरू, यदि मैले एनपीएल खेलेको भए आठ ओटा टिममध्ये जुनसुकै टिममा खेल्न सक्थें,” उनले लेखेका छन्, “जनकपुर बोल्ट्समै खेल्थें भन्ने कुरा पक्का थिएन । कुरालाई बुझ्नुस् र कृपया ह्वाट्सएप, मेसेन्जर वा इन्स्टामा आएर गाली गर्ने काम नगर्नुस् ।”

आफू पहिले नै धेरै तनावमा भएकाले ‘डिस्टर्ब’ नगर्न उनले अनुरोध गरेका छन् । 

पुष २०७९ मा क्रिकेटर महबुब आलम र आदिल आलमलाई केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले म्याच फिक्सिङको आरोपमा पक्राउ गरेको थियो । उनीहरूलाई त्यसको एक वर्षपछि चैत २०७९ मा काठमाडौं जिल्ला अदालतले सफाइ दिएको थियो । 

म्याच फिक्सिङको आरोपमा सफाइ पाइसके पनि आलम राष्ट्रिय टिममा पर्न सकेका छैनन् । यता, सामाजिक सञ्जालमा पनि उनीमाथि विभिन्न कुरालाई लिएर आलोचना हुने क्रम रोकिएको छैन ।

पछिल्लो अध्यावधिक: पुस ६, २०८१ १२:३८