काठमाडौं । सबैभन्दा धेरै सब्स्क्राइबर भएका युट्युबर मिस्टर बिस्टका भिडिओ नेपाली भाषामा डबिङ भएर उपलब्ध हुन थालेका छन् । बिस्टको आधिकारिक युट्युब च्यानलमा अपलोड भएका शर्ट भिडिओमा नेपाली डबिङ समावेश गरिएको हो ।
शर्ट्स सबैमा नेपाली अडिओ राखिएको छैन । तर, प्रायः शर्ट्समा नेपाली अडियो राखिएको देखिन्छ । अहिले युट्युबले लोकेसन अनुसार मिस्टर बिस्टको जुन अडियो उपयुक्त हुन्छ त्यही उपलब्ध गराउन पनि थालेको छ । यद्यपि प्रयोगकर्ता आफैले मिस्टर बिस्टको भिडिओमा चाहेको अडियो सुन्न सक्छन् ।
त्यसका लागि सबैभन्दा पहिले मिस्टर बिस्टको युट्युब च्यानलमा जानुहोस् । अनि शर्ट्सको सेक्सनमा जानुहोस् । ब्राउजरमा भने शर्ट्सका लागि अडिओ ट्रयाक छान्ने विकल्प देखिएको छैन । खासगरी शर्ट्स मोबाइल एपमा केन्द्रित भएकाले यो फिचर मोबाइल एपमा मात्र देखिएको छ । शर्ट्समा गइसकेपछि माथि दायाँपट्टि रहेको तीन ओटा डटको अप्सनमा ट्याप गर्नुहोस् । अनि अडिओ ट्रयाकमा जानुहोस् । त्यसपछि नेपाली (Nepali) अप्सन छान्नुहोस् । यति गरेपछि मिस्टर बिस्टको उक्त शर्ट्स भिडिओ नेपालीमै सुन्न सकिन्छ ।
यी शर्ट्समा नेपाली अडिओ अपलोड गरिएको छ ।
१) Ages 1-100 Try My Chocolate
२) Spot The Hidden People For $10,000
३) Would You Split Or Steal $250,000?
५) I’m Giving My 250M Subscriber $25,000
६) Anything You Touch, You Keep!
७) Unboxing My 200M Subscriber Play Button
यसअघि मिस्टर बिस्टले अपलोड गरेको ‘2,000 People Fight For $5,000,000’ शीर्षकको भिडिओमा पहिलो पटक नेपाली सबटाइटल राखिएको थियो ।
पछिल्लो अध्यावधिक: पुस २३, २०८१ ९:३१
