close

अब मोरु डिजिटल वालेटबाटै सस्ता होटेलदेखि होम स्टेसम्म बुकिङ गर्न मिल्ने बसियोको सेवा

टेकपाना टेकपाना

पुस २९, २०८१ १२:४९

अब मोरु डिजिटल वालेटबाटै सस्ता होटेलदेखि होम स्टेसम्म बुकिङ गर्न मिल्ने बसियोको सेवा

काठमाडौं । नेपालको पर्यटन र प्रविधि क्षेत्रलाई नयाँ उचाइमा पुर्‍याउन भ्याकेसन रेन्टल तथा होटेल बुकिङ प्लेटफर्म बसियोले मोरु डिजिटल वालेटसँग सहकार्य गरेको छ । यो साझेदारीसँगै मोरु एप मार्फत लाखौँ प्रयोगकर्ताले सोझै होटेल बुकिङ गर्न सक्नेछन् ।

जसअनुसार मोरुका प्रयोगकर्ताहरूले अब बसियोले प्रदान गर्ने होटेल तथा आवासको सूची हेर्न र बुक गर्न सक्नेछन् । बुटिक होटेलदेखि होस्टल र विलासी रिसोर्टसम्मको सुविधा एकै एपमा उपलब्ध हुनेछ । जसले छुट्‍टै प्लेटफर्म प्रयोग गर्नुपर्ने बाध्यता हटाउने र बुकिङ तथा भुक्तानी प्रक्रियालाई थप सहज बनाउने बताइएको छ ।

“हामी मोरु डिजिटल वालेटसँग सहकार्य गर्न पाउँदा अत्यन्तै उत्साहित छौँ,” बसियोका सीईओ दीपक पौडेलले भने । “यो सहकार्यले नेपालमा होटेल बुकिङ सेवालाई धेरै प्रयोगकर्ता सम्म पुर्‍याउन सहयोग गर्छ र यो सहकार्यले मोरु प्रयोगकर्ताहरूका लागि थप सेवा प्रदान गर्नुका साथै नेपालको पर्यटन क्षेत्रलाई पनि सहयोग गर्नेछ ।”

बसियोले हाल आफ्ना  प्रयोगकर्ताहरूको लागि पहिलो होटेल बुकिङमा १०% विशेष छुट र अन्य आकर्षक अफरहरू उपलब्ध गराई रहेको छ । भ्याकेसन रेन्टल र होटेल बुकिङ प्लेटफर्मको रूपमा रहेको बसियोले नेपालमा पर्यटकहरूका लागि बजेट फ्रेन्ड्ली र विश्वासिलो आवास खोज्ने सुविधा दिन्छ ।

बसियोले स्थानीय समुदाय, महिलाद्वारा सञ्चालित होम-स्टे, सस्ता होटेलदेखि पाँचतारे होटेलसम्मलाई आफ्नो प्लेटफर्ममा समेटिरहेको छ । तपाईँ पनि घुम्न जानु अघि कोठा बुकिङका लागि बसियो एपलाई गुगल प्ले स्टोर र एप्पल एप स्टोरबाट डाउनलोड गर्न सक्नु हुन्छ ।

पछिल्लो अध्यावधिक: पुस २९, २०८१ १२:५१