close

नेपालमा सार्वजनिक भयो रेड्मी नोट १४ फाइभजी, मूल्य ५५ हजार

टेकपाना टेकपाना

पुस २९, २०८१ १६:४४

नेपालमा सार्वजनिक भयो रेड्मी नोट १४ फाइभजी, मूल्य ५५ हजार

काठमाडौं । नेपाली बजारमा रेड्मीको नयाँ सिरिज रेड्मी नोट १४ सार्वजनिक भएको छ । सोमबार राजधानीमा एक कार्यक्रम आयोजना गर्दै साओमीले आफ्नो मिडरेञ्ज फोन सार्वजनिक गरेको हो । 

कम्पनीले यस सिरिज अन्तर्गतका चार ओटा मोडेल सार्वजनिक गरेको छ । त्यसमा तीन ओटा फाइभजी मोडेल छन् भने एउटा फोरजी मोडेल रहेको छ । फाइभजीमा रेड्मी नोट १४ फाइभजी, रेड्मी नोट १४ प्रो फाइभजी र रेड्मी नोट १४ प्रो प्लस फाइभजी रहेका छन् ।

त्यस्तै फोरजी फोनमा रेड्मी नोट १४ फोरजी फोन रहेका छन् । 

नोट १४ प्रो र नोट १४ प्रो प्लस 

कम्पनीले यी फोनलाई फ्ल्यागशिप स्तरका फोन भनेको छ । यस फोनको विशेष आकर्षण यसमा भएको एआई फिचर हो । एआईद्वारा सञ्चालित नयाँ क्यामेरा सिस्टमले स्तरीय फोटो खिच्ने कम्पनीले दाबी गरेको छ । यसमा स्तरीय फोटो डेलिभर गर्नका लागि कम्पनीले २०० मेगापिक्सेल प्रो-ग्रेड ओआईएस मुख्य क्यामेरा सिस्टम उपलब्ध गराएको जनाएको छ । यसले स्टेबल भिडिओ खिच्न सक्ने जनाइएको छ । अँध्यारोमा खिचेका फोटोलाई अझ स्तरीय बनाउन साओमीले यसमा स्मार्ट आईएसओ प्रो सिस्टम उपलब्ध गराएको छ । 

यसमा एआईले फोटो खिच्नेदेखि एडिट गर्ने कामसम्म सघाउने कम्पनीको दाबी छ । एआई फिचरमा एआई अल्ट्रा क्लियर पोर्ट्रेट, एआई ब्युटी, एआई इरेज प्रो, एआई इमेज एक्सपान्सन, एआई बुके, एआई कटआउट लगायतका फिचर राखिएका छन् । 

पानी र धुलोबाट जोगाउन यी दुई मोडेलले आपी ६८ रेटिङ पाएका छन् । त्यस्तै यी मोडेलमा १.५ के एमोडेल डिस्प्ले रहेको छ । यी मोडेलमा उच्चतम ३००० निट्स रहेको छ । रिफ्रेसरेटको सन्दर्भमा भने प्रो मोडेलमा १२० हर्ज रिफ्रेस रेट रहेको छ । 

प्रो प्लस फाइभजीमा स्नापड्रागन सेभेन एस जेन थ्री चिपसेट प्रयोग गरिएको छ । त्यस्तै यो मोडेल ८ र १२ जीबी र्‍याम तथा २५६ र ५१२ जीबी स्टोरेजमा उपलब्ध छ । यस मोडेलमा ५११० एमएएच क्षमताको ब्याट्री दिइएको छ । यसलाई चार्ज गर्नका लागि १२० वाटको हाइपर चार्जर उपलब्ध गराइएको छ । यस मोडेलको सुरुवाती मूल्य ५४ हजार ९९९ रुपैयाँ तोकिएको छ ।  

त्यसैगरी १४ प्रोमा मिडियाटेक डाइमेन्सिटी ७३०० अल्ट्रा चिपसेट दिइएको छ । यो मोडेल ८ र १२ जीबी र्‍याम तथा २५६ र ५१२ जीबी इन्टर्नल स्टोरेज भेरियन्टमा उपलब्ध छ । यसमा ५११० एमएएच क्षमताको ब्याट्री छ भने ४५ वाटको टर्बो चार्जिङ दिइएको छ । यस मोडेलको सुरुवाती मूल्य ४९ हजार ९९९ रुपैयाँ रहेको छ ।  

नोट १४ सिरिज अन्तर्गत रेड्मीको बेस भेटियन्सको सुरुवाती मूल्य ३० हजार ९९९ रुपैयाँ तोकिएको छ । यो आठ जीबी र्‍याम भेरियन्ट र २५६ जीबी इन्टर्नल स्टोरे भेरियन्टमा सार्वजनिक गरिएको छ । यसमा १०८ मेगापिक्सेलको ओआईएस क्यामेरा रहेको छ बने १४ वाटको टर्बो चार्जर उपब्ध गराइएको छ ।

रेड्मी नोट १४ फाइभजी
रेड्मी नोट १४ फाइभ जीमा आईपी ६४ डस्ट र स्प्ल्याश रेजिस्टेन्स सुविधा रहेको छ । दैनिक प्रयोगमा आउन सक्ने चुनौतीलाई सजिलै सामना गर्न यो डिभाइस सक्षम भएको कम्पनीको दाबी छ । यसमा कोर्निङ गोरिल्ला ग्लास ५ प्रयोग गरिएको छ भने यो मिडनाइट ब्ल्याक, ल्याभेन्डर पर्पल र कोरल ग्रिन कलर भेरियन्टमा उपलब्ध छ ।

मिडियाटेक डाइमेन्सिटी ७०२५-अल्ट्रा चिपसेटले यस स्मार्टफोनलाई मल्टिटास्किङ, गेमिङ र एपहरूको प्रयोगमा सहज बनाउने कम्पनीले उल्लेख गरेको छ । ८जीबी + २५६जीबी र १२जीबी + ५१२जीबी स्टोरेज भेरियन्टमा यो मोडेल उपलब्ध छ । यसमा ५११० एमएएच क्षमताको ब्याट्री छ भने त्यसलाई चार्ज गर्न ४५ वाटको टर्बो चार्जर उपलब्ध गराइएको छ । 

यसमा ओआईएस सहितको १०८ मेगापिक्सेलको मुख्य क्यामरा रहेको छ । त्यस्तै यसमा ८ मेगापिक्सेलको अल्ट्रा-वाइड क्यामरा, २ मेगापिक्सेलको म्याक्रो क्यामरा र २० मेगापिक्सेलको फ्रन्ट क्यामरा पाउन सकिन्छ ।

गुगल जेमिनी थ्री, एआई इरेज, एआई स्काई र एआई ब्यूटिफाइ जस्ता एआई फिचर यस मोडेलमा पाउन सकिन्छ । यसको सुरुवाती मूल्य कम्पनीले ३९ हजार ९९९ रुपैयाँ तोकेको छ । 

रेड्मी नोट १४ फोर जी

यस मोडेलमा मिडियाटेक हेलियो जी ९९-अल्ट्रा प्रोसेसर ६ एनएम प्रोसेसर दिइएको छ । यो मोडल ६जीबी + १२८जीबी र ८जीबी + २५६जीबी स्टोरेज भेरियन्टमा उपलब्ध छ ।

१०८ मेगापिक्सेलको एआई क्यामरा सिस्टम रहेको यस मोडेलमा २ मेगापिक्सेलको डेप्थ क्यामरा र २ मेगापिक्सेलको म्याक्रो क्यामरा दिएको छ । सेल्फी पारकीका लागि यसमा २० मेगापिक्सेल क्यामेरा दिइएको छ । 

५५०० एमएएच क्षमताको ब्याट्री भएको यस फोनमा कम्पनीले ३३ वाटको टर्बो चार्जिङ सुविधा दिएको छ । यो फोन एक पटकको चार्जमा १४ घण्टासम्म टिक्ने दाबी कम्पनीको छ । 

यसमा पनि गुगल जेमिनी थ्री, एआई इरेज, एआई स्काई र एआई ब्युटिफाइ जस्ता एआई फिचर प्रयोग गर्न सकिन्छ । 

यसको बेस स्टोरेज भेरियन्सको मूल्य २४ हजार ९९९ र  ८ जीबी र्‍याम तथा २५६ जीबी स्टोरेज भेरियन्सको मूल्य २७ हजार ९९९ रुपैयाँ रुपैयाँ तोकिएको छ । 

पछिल्लो अध्यावधिक: पुस २९, २०८१ १६:४४