काठमाडौं । चर्चित मोबाइल ब्रान्ड मोटोरोला नेपाली बजारमा आधिकारिक रूपमा प्रवेश गरेको छ । बिहीबार काठमाडौंको भिभान्ता होटलमा आयोजित विशेष कार्यक्रममार्फत चाैधरी ग्रुप अन्तर्गतको सीजी मोबाइलले यो ब्रान्ड नेपाल भित्रिएको घोषणा गरेको हो ।
सो अवसरमा विभिन्न रेन्ज र बजेट अनुसारका मोटोरोला स्मार्टफोन सार्वजनिक गरिएको छ । चौधरी ग्रुपका प्रबन्ध निर्देशक निर्वाण चौधरी र भारत अफलाइन तथा सार्क देशका प्रमुख विपिन रैनाले मोटोरोला ब्रान्डका मुख्य विशेषताहरु प्रस्तुत गरे ।
मोटोरोला स्मार्टफोनहरुमा कुनै ब्लोटवेयर नहुने, छिटो र सहज प्रयोग गर्न सकिने, शुद्ध एन्ड्रोइडको अनुभव पाइने कम्पनीको भनाइ छ ।
• Moto G05, Moto G35, Moto Edge 50, and Moto Razr 50 मूल्य र उपलब्धता छिट्टै सार्वजनिक गरिने कम्पनीले जनाएको छ ।
सीजी मोबाइलले साढे २४ हजार रुपैयाँदेखि माथिका स्मार्टफोन नेपाली बजारमा भित्र्याएको छ । नेपाली उपभोक्तालाई नवीनतम प्रविधि उचित मूल्यमा उपलब्ध गराउने प्रतिबद्धतासहित यी फोन विस्तार गरिएको कम्पनीको भनाइ छ ।
मोटो रेजर ५० फोल्ड गर्न मिल्ने डिजाइन प्रिमियम स्मार्टफोन प्रयोगकर्तालाई लक्षित गरिएको छ भने मोटो जी४५ र मोटो जी६४ ले बजेट सेगमेन्टमै उत्कृष्ट प्रदर्शन गर्ने फोन हुन् । सीजी डिजिटल आउटलेटहरुबाट यी स्मार्टफोन खरिद गर्दा शून्य प्रतिशत ईएमआई सुविधा उपलब्ध हुने कम्पनीले जनाएको छ ।