close

८+१२८ जीबी स्टोरेज भेरियन्टमा नेपाली बजारमा आउँदै ‘रियलमी सी ६३’

टेकपाना टेकपाना

फागुन १३, २०८१ १९:४९

८+१२८ जीबी स्टोरेज भेरियन्टमा नेपाली बजारमा आउँदै  ‘रियलमी सी ६३’

 

काठमाडौं । रियलमीले नेपाली बजारमा ‘रियलमी सी ६३’ को ८+१२८ जीबी स्टोरेज भेरियन्ट ल्याउने भएको छ । यो फोनमा ९० हर्जको रिफ्रेस रेटसहित ६.७४ इन्चको एचडी प्लस डिस्प्ले रहेको छ । त्यस्तै ५० मेगापिक्सेलको एआई क्यामरा रहेको छ ।

५००० एमएएच क्षमताको ब्याट्री चार्ज गर्न ४५ वाट सुपरभोक चार्जर दिइएको छ । कम्पनीका अनुसार फोनलाई एक पटक फुल चार्ज गरेपछि दिनभर सजिलै प्रयोग गर्न सकिन्छ । मात्र १ मिनेट चार्ज गर्दा १ घण्टासम्म कुरा गर्न सकिने कम्पनीको दाबी छ । ७.७४ मिमीको पातलो डिजाइनमा उपलब्ध यो फोन लेदर ब्लू र जेड ग्रिन रंगमा पाइन्छ, जसमा भिगन लेदर फिनिश रहेको छ ।

एयर जेस्चर प्रविधिले फोन नछोइकनै कल उठाउन वा सामाजिक सञ्जाल ब्राउज गर्न सकिन्छ । डाइनामिक बटनले सर्टकट सुविधा प्रदान गर्छ भने राइडिङ मोडले यात्रालाई सुरक्षित बनाउँछ । एआई नोइज रिडक्सन फिचरले वरपरको आवाज दबाएर स्पष्ट कल अनुभव दिन्छ ।

४८ महिना (चार वर्ष) को फ्लुएन्सी सर्टिफिकेट प्राप्त यस स्मार्टफोनमा कार्यक्षमता बढाउन एआई बुस्ट प्रविधि छ । गेम बुस्टले गेमिङको स्टेबिलिटी सुधार गर्छ । ६.७४ इन्चको ९० हर्ज आई कम्फर्ट डिस्प्ले भएकोले आँखामा कम दबाब पर्दछ । २०० प्रतिशत क्षमताको अल्ट्रा बुम स्पिकर रहेको फोनले उत्कृष्ट अडियो अनुभव दिने कम्पनीको दाबी छ । कम्पनीले यो फोनको मूल्य नखुलाए पनि २२ हजार रुपैयाँ वरपर हुने अनुमान गरिएको छ । 

पछिल्लो अध्यावधिक: फागुन १३, २०८१ १९:४९