काठमाडौं । फसबुकले पछिल्लो समय ल्याइरहेका परिवर्तन र अन्य विभिन्न कारणले गर्दा कतिपय प्रयोगकर्ताहरूलाई आफ्नो अकाउन्ट डिलिट वा निष्क्रिय गर्ने चाहना हुन सक्छ । फेसबुकले प्रयोगकर्तालाई आफ्नो वा अरू (१३ वर्ष मुनीका, स्वास्थ्य समस्यायुक्त र वितेका) को अकाउन्ट डिलिट गर्ने विकल्प दिएको छ ।
यहाँ फेसबुक (र इन्स्टाग्राम समेत, जुन मेटाकै एप हो) अकाउन्ट डिलिट र निष्क्रिय गर्ने तरिका बताउँदै छौँ ।
१. अकाउन्ट निष्क्रिय गर्ने तरिका
डेस्कटपका लागि माथि दायाँ कुनामा रहेको आफ्नो प्रोफाइल फोटोमा क्लिक गर्नुहोस्।
'Settings & Privacy' मा गएर 'Settings' छान्नुहोस्।
बाँया पट्टि रहेको 'Meta Accounts Center' मा क्लिक गर्नुहोस् र ‘Account settings’ अन्तर्गत रहेको 'Personal details' मा क्लिक गर्नुहोस् ।
अब 'Account Ownership and Control' विकल्प रोज्नुहोस् अनि 'Deactivation or deletion' मा जानुहोस् ।
यहाँबाट अगाडि गइसकेपछि तपाईँले ‘Deactivate account’ अथवा ‘Delete account’ मध्ये एउटा छान्नु पर्ने हुन्छ । यहाँनिर ध्यान दिनुपर्ने कुरा के छ भने तपाईँले ‘Deactivate account’ चयन गर्दा तपाईँको फेसबुक अकाउन्ट अस्थायी रूपमा निष्क्रिय हुन्छ अर्थात् तपाईँको अकाउन्ट र मुख्य प्रोफाइल निष्क्रिय हुन्छ र तपाईँको नाम तथा फोटो तपाईँले शेयर गरेका अधिकांश ठाउँबाट हट्न पुग्छ । तपाईँ आफ्नो फेसबुक मेसेञ्जरको प्रयोगलाई भने निरन्तरता दिन सक्नु हुन्छ ।
तर यदि ‘Delete account’ रोज्नु भयो भने तपाईँको फेसबुक अकाउन्ट सधैंका लागि डिलिट हुन्छ ।जब आफ्नो अकाउन्ट डिलिट गर्नु हुन्छ, तपाईँको मुख्य प्रोफाइल र तपाईँले फेसबुकमा राखेका सबै चिज स्थायी रूपमा मेटिएर जान्छन् । यति मात्र नभई यससँगै रहेका तपाईँका अतिरिक्त प्रोफाइल, मेसेञ्जर प्रोफाइल र तपाईँका सम्पूर्ण मेसेज पनि डिलिट हुन पुग्छन् ।
मोबाइलका लागि एपको माथि दायाँ कुनामा रहेको प्रोफाइलमा क्लिक गर्नुहोस्, र केही स्क्रोल गरेपछि माथि डेस्कटपका लागि भनिए जस्तै प्रक्रिया अनुसरण गर्नुहोस् ।
ध्यान दिनुहोस् कि फेसबुक डेटा प्रयोगको नीतिअनुसार, तपाईँको प्रोफाइलबाट हटाइएको जानकारी केही समयका लागि अन्य स्थानहरूमा बाँकी रहन सक्छ।
अकाउन्ट मेटाएपछि केही पोस्टहरू, कमेन्टहरू वा तस्बिरहरू ९० दिनसम्म फेसबुकका सर्भरहरूमा रहन सक्छन्।
यहाँनिर ख्याल गर्नुपर्ने कुरा के छ भने अकाउन्ट हटाउने प्रक्रिया सुरु भएपछि ३० दिनको ग्रेस अवधि हुन्छ । यदि तपाईँको विचार परिवर्तन भयो भने, यो अवधिमा आफ्नो फेसबुक अकाउन्ट पुनः सक्रिय गर्न सक्नु हुन्छ ।
३. अरूका लागि फेसबुक अकाउन्ट डिलिट गर्ने वा मेमोरियलाइज गर्ने तरिका
१३ वर्षमुनीका प्रयोगकर्ताको हकमाः
यदि कुनै १३ वर्ष मुनिका प्रयोगकर्ताको अकाउन्ट भेटिएमा, यहाँ क्लिक गरेर फेसबुकलाई रिपोर्ट गर्न सक्नु हुन्छ ।
यदि फेसबुकबाट प्रमाणित भएमा त्यस्तो अकाउन्ट अवैध ठहरिन्छ र तुरुन्तै अकाउन्ट डिलिट हुन्छ ।
चिकित्सकीय कारण वा असमर्थता भएका प्रयोगकर्ताहरूका लागि:
यदि कुनै व्यक्ति स्वास्थ्यका कारणले फेसबुक प्रयोग गर्न असमर्थ छन् भने, यहाँ क्लिक गरेर प्रमाणसहित अकाउन्ट हटाउने प्रक्रिया अगाडि बढाउन सकिन्छ ।
तर यसरी अनुरोध गर्ने व्यक्तिले आफू सम्बन्धित व्यक्तिको अभिभावक वा अधिकार प्रयोग गर्ने हकवाला भएको प्रमाणित गर्नुपर्ने हुन्छ ।
निधन भइसकेका प्रयोगकर्ताको अकाउन्ट:
कुनै पनि फेसबुक प्रयोगकर्ताले आफू जीवित रहेको अवस्थामा एक 'लिगेसी कन्ट्याक्ट' तोक्न सक्छन्, जसले त्यस्तो व्यक्तिको मरणपछिको अकाउन्ट व्यवस्थापन गर्न सक्छ । यसका लागि ‘Meta Accounts Center’ हुँदै ‘Personal details’ डिटेल्स भित्र रहेको ‘Account Ownership and Control’ मा गएर ‘Memorialization’ छान्नुपर्ने हुन्छ । त्यसपछि त्यस्तो अकाउन्ट छान्ने विकल्प आउँछ ।
अब फ्रेन्ड्सको नाम टाइप गरेर सम्बन्धित व्यक्तिको प्रोफाइल खोज्नुहोस् र ‘Add’ मा थिच्नुहोस् । त्यसपछि ‘Send’ मा क्लिक गरेसँगै सम्बन्धित व्यक्तिलाई नोटिफिकेसन जान्छ । (यहाँबाट विद्यमान लिगेसी कन्ट्याक्ट हटाउन वा परिवर्तन गर्न पनि सकिन्छ)
लिगेसी कन्ट्याक्टलाई डिलिट गर्न वा मेमोरलाइज गर्न सकिने विकल्प उपलब्ध छन् ।
यसले मृत व्यक्तिको टाइमलाइनलाई 'Remembering' लेबल सहित राख्छ, तर पोस्ट गर्न नसक्ने व्यवस्था मिलाउँछ ।