close

स्टक्चरल डिजाइन तथा रियलटाइम मनिटरिङ सिस्टममार्फत नेपालका पुलको सुरक्षामा विश्व बैंकले सघाउने

टेकपाना टेकपाना

चैत १७, २०८१ ११:२९

स्टक्चरल डिजाइन तथा रियलटाइम मनिटरिङ सिस्टममार्फत नेपालका पुलको सुरक्षामा विश्व बैंकले सघाउने

काठमाडौं । विश्व बैंकले नेपालका खोलानालामा रहेका पुलहरूको स्टक्चरल डिजाइनमा सुधार ल्याउन र तिनको सुरक्षाका लागि रियल टाइम मनिटरिङ सिस्टम लगायतका नविनतम् प्रविधिमा सघाउने भएको छ । शुक्रबार विश्वबैंकको कार्यकारी निर्देशकहरूको बोर्डले नेपालका पुल सुधार तथा मर्मत सम्भार कार्यक्रम (बीआईएमपी-३) का लागि आर्थिक सहायता प्याकेज स्वीकृत गरेको हो ।

१५ करोड अमेरिकी डलर (करिब २ अर्ब ५ करोड) को यो प्याकेज अन्तर्गत रणनीतिक महत्त्वका सडक सञ्जालमा रहेका पुलहरूलाई समेटिनेछ । जसमार्फत देशको विविधतायुक्त तथा चुनौतिपूर्ण भूभागबिच अविच्छिन्न सडक सम्पर्क कायम गर्ने कुरालाई सुनिश्चित गरिनेछ ।

नेपालका पुल स्वास्थ्य, शिक्षा र आर्थिक अवसर जस्ता अत्यावश्यक सेवाहरूका लागि ग्रामीण भेगलाई सहरसँग जोड्ने महत्त्वपूर्ण पूर्वाधारका रूपमा रहेका छन् । बाढी, पहिरो र भूकम्प लगायतका प्राकृतिक विपद्‌का कारण यी पूर्वाधार सधैँ जोखिममा रहने गरेका छन् ।

विश्व बैंकको सहयोगमा सञ्चालन हुने यो परियोजनामार्फत् यिनै पूर्वाधारको सुधार तथा सुरक्षा गरिनेछ । सडक विभाग अन्तर्गत सञ्चालन हुने यो कार्यक्रम प्रतिकूल मौसमले निम्त्याउने जोखिमबाट पुलहरूलाई जोगाउने दिशामा केन्द्रित हुने बताइएको छ । यसले सबै प्रयोगकर्ताका लागि पहुँचयोग्य पुलको डिजाइनका साथै विपन्न वर्गका समूदायहरूलाई मुख्य सेवाहरूसँग जोड्ने कुरालाई प्राथमिकता दिने विश्वबैंकले जनाएको छ । 

पछिल्लो अध्यावधिक: चैत १७, २०८१ ११:२९