close

महिलालाई स्वरोजगार बनाउन भाडामा ई-रिक्सा दिँदै बरहथवा नगरपालिका, ड्राइभिङ तालिम नि:शुल्क

टेकपाना टेकपाना

चैत २०, २०८१ १३:२०

महिलालाई स्वरोजगार बनाउन भाडामा ई-रिक्सा दिँदै बरहथवा नगरपालिका, ड्राइभिङ तालिम नि:शुल्क

काठमाडौं । सर्लाहीको बरहथवा नगरपालिकाले स्थानीय महिलाहरूलाई भाडामा विद्युतीय तीन पाङ्ग्रे सवारी साधन (ई-रिक्सा) उपलब्ध गराउने भएको छ । महिलालाई स्वरोजगार बनाउन तथा हरित प्रविधिलाई प्रवर्द्धन गर्ने योजनासहित पालिकाले यस्तो निर्णय गरेको हो ।

यो परियोजनाका लागि एलाइन्स प्राइभेट लिमिटेड र पोर्खी नेपालसँग सहकार्य गरिएको छ । नगरपालिकाका अनुसार महिलाहरूलाई ई-रिक्सा चलाउनेदेखि सामान्य मर्मतसम्मका नि:शुल्क तालिम दिइनेछ ।

साथै तालिम प्राप्त महिलाहरूलाई ई-रिक्सा भाडामा पनि उपलब्ध गराइनेछ भने आफ्नै ई-रिक्सा खरिद गर्न चाहनेको हकमा नगरपालिकाले नै खरिदका लागि वित्तीय व्यवस्थापन गरिदिने छ । 

विद्युतीय सवारी साधनको प्रयोगले हरित प्रविधिको प्रवर्द्धन गर्ने लक्ष्य पनि राखिएको छ । नगरपालिकाले इच्छुक महिलाहरूलाई अबको ३० दिनभित्र निवेदन दिन आग्रह गरेको छ ।

नगरपालिकाको सूचना पढ्नुहो्स

पछिल्लो अध्यावधिक: चैत २०, २०८१ १३:३०