close

अब एन्ड्रोइड फोनमा बोलेर यसरी सजिलै गर्न सकिन्छ टाइपिङ

टेकपाना टेकपाना

बैशाख ३, २०८२ ११:३३

अब एन्ड्रोइड फोनमा बोलेर यसरी सजिलै गर्न सकिन्छ टाइपिङ

काठमाडौँ । एन्ड्रोइड फोनमा आवाजबाट लेख्ने नयाँ तरिका आएको छ । यो सुविधा पिक्सेल र सामसङ ग्यालेक्सी लगायतका अन्य केही फोनहरूमा जीबोर्ड नामक कीबोर्डमा उपलब्ध भएको अपडेट हो ।

पहिला आवाजबाट लेख्न जीबोर्ड खोलेर माइक्रोफोनको चित्रमा थिच्नुपर्थ्यो । त्यसो गर्दा माइक्रोफोन खुल्थ्यो र टाइप नगरीकन बोल्दै लेख्न सकिन्थ्यो । त्यति बेला कीबोर्ड पनि देखाइरहेको हुन्थ्यो र लेखेको कुरा त्यहीँ सम्पादन गर्न मिल्थ्यो ।

तर अब यो तरिका पुरानो भएको छ । जीबोर्डमा आएको नयाँ अपडेटले आवाजबाट लेख्ने तरिकालाई अझ सहज अनि सुविधाजनक बनाएको छ ।

बोलेकै भरमा कसरी गर्ने टाइपिङ ?

  • जीबोर्डको नयाँ भोइस मोड खोल्न माइक्रोफोनको चित्रमा थिच्नुहोस् ।

  • त्यहाँ दुई ओटा तलतिर फर्केका तीर भएको एउटा सानो बटन देखिन्छ ।
    त्यो तलतिरको तीर भएको बटनमा थिच्दा कीबोर्ड बन्द हुन्छ र जीबोर्ड स्क्रिनको तल्लो भागमा एउटा सानो आयताकार भाग देखिन्छ ।

  • यसरी आवाजबाट लेख्दा काम गर्न पर्याप्त ठाउँ तयार हुन्छ । टाइपिङ गर्न त्यहाँ आयाताकार भित्र रहेको सानो कीबोर्ड आइकनमा थिचे पुग्छ ।

आवाजबाट लेख्ने मोडमा हुँदा स्क्रिनको तल्लो भागमा देखिएको सानो आयताकारको बायाँतिर 'GB' लेखिएको मेनु देख्न सक्नु हुन्छ । त्यसमा थिच्दा केही विकल्पहरू देखिन्छन्, जुन सामान्य टाइप गर्ने मोडमा पनि प्रयोग गर्न सकिन्छ । तर यी विकल्पहरूले भोइस टाइपिङ अर्थात् बोलेर टाइप गर्दा पनि सजिलो बनाउँछन् ।

जस्तै: 'Show Clipboard' मा थिचेर पहिले कपी गरेको कुरा पेस्ट गर्न सकिन्छ । 'Show Translate' बटन प्रयोग गरेर आफूले बोलेको भाषा अर्को भाषामा अनुवाद गरी पेस्ट सकिन्छ । त्यस्तै 'Show emoji' मेनु खोलेर इमोजीहरू हाल्न सकिन्छ । यहाँबाट इमोजीको नाम बोलेर पनि खोज्न र राख्न सकिन्छ ।

एउटा अर्को राम्रो विकल्प 'Switch to vertical toolbar' भन्ने बटनमा थिच्दा यसले स्क्रिनमा त्यो सानो आयताकारलाई ठाडो बनाउँछ । यो चाहिँ तपाईँको काम अनुसार उपयोगी हुन सक्छ ।

पछिल्लो अध्यावधिक: बैशाख ३, २०८२ ११:३३