काठमाडौँ । नेपाली नयाँ वर्ष २०८२ को अवसरमा बीवाईडी ईभीको आधिकारिक वितरक साइमेक्स इंक प्रा.लि.ले ‘०–५–१०’ नामक ग्राहक केन्द्रित अभियान सार्वजनिक गरेको छ ।
यस अभियान अफर अन्तर्गत गाडी बुक गर्ने ग्राहकले पाँच वर्षसम्म निःशुल्क स्ट्यान्डर्ड सर्भिसिङ र १० वर्ष वा दुई लाख किलोमिटरसम्मको ब्याट्री तथा मोटर वारेन्टी पाउने भएका छन् ।
सर्भिसिङ अन्तर्गत लेबरदेखि एसी फिल्टर, ब्रेक प्याड, ट्रान्समिसन आयल जस्ता कन्जुमेबल समावेश गरिएको कम्पनीले जनाएको छ ।
साइमेक्स इंकका नेसनल सेल्स हेड आशुतोष गौतमका अनुसार यो अभियान इलेक्ट्रिक मोबिलिटीप्रति कम्पनीको दीर्घकालीन प्रतिबद्धताको संकेत हो ।
‘०–५–१०’ अफर आगामी ३१ वैशाखसम्म बीवाईडीका नेपालभर उपलब्ध सबै मोडलमा लागु हुनेछ । ग्राहकले थप जानकारीका लागि नजिकको शोरुम वा डिस्प्ले इभेन्टमा सम्पर्क गर्न सक्नेछन् ।