close

आईफोनबाट कल गर्दा यसरी हटाउनुहोस् ब्याकग्राउन्ड नोइज

टेकपाना टेकपाना

बैशाख १२, २०८२ ९:५५

आईफोनबाट कल गर्दा यसरी हटाउनुहोस् ब्याकग्राउन्ड नोइज

काठमाडौं । बाटोमा, बसमा वा धेरै होहल्ला हुने ठाउँमा बसेर फोन गर्नुपर्‍यो भने तपाईँसँग फोनमा भएको व्यक्तिले तपाईँको आवाज राम्रोसँग नसुन्ने सम्भावना धेरै हुन्छ । कहिलेकाहीँ त बोल्ने मान्छेको भन्दा ब्याकग्राउन्डको आवाज धेरै आउन पनि सक्छ । यही समस्यालाई समाधान गर्न एप्पलले आईफोनमा भ्वाइस आइसोलेसन फिचर उपलब्ध गराएको हो । यो फिचर प्रयोग गरेर तपाईँले फोनमा आफ्नो आवाजलाई मात्र बढि प्राथमिकता दिन सक्नुहुन्छ । अर्थात् तपाईँ कुनै फोनमा हुनुहुन्छ र तपाईँको पछाडि टिभी बजिरहेको छ भने भ्वाइस आइसोलेसन फिचर प्रयोग गर्दा तपाईँसँग बोल्ने व्यक्तिले तपाईँको आवाज मात्र सुन्नेछ ।  

एप्पलले यो फिचर सन् २०२३ मा आईओएस १६.४ सार्वजनिक गर्दा उपलब्ध गराएको हो । यद्यपि यो फिचर तपाईँले डाइरेक्ट कलमा मात्र प्रयोग गर्न पाउनुहुन्छ । मेसेजिङ एप वा फेसटाइममा गरेको कलमा यो फिचरले काम गर्दैन । 

यसरी इनेबल गर्नुहोस् भ्वाइस आइसोलेसन (Voice Isolation)
- आफूले चाहेको व्यक्तिलाई फोन गर्नुहोस् 


- फोनकलमा भइरहँदा स्क्रिनको दायाँतिर माथिबाट तल स्वाइप गरेर कन्ट्रोल सेन्टर ओपन गर्नुहोस् 


- त्यहाँ सबैभन्दा माथि फोन कन्ट्रोल्स भन्ने अप्सन देखिन्छ । त्यहाँ ट्याप गर्नुहोस् 


- स्क्रिनको दायाँतिर अटोमेटिक (Automatic), स्ट्यान्डर्ड (Standard), भ्वाइस आइसोलेसन (Vice Isolation) र वाइड स्पेकट्रम (Wide Spectrum) भन्ने अप्सन देखिन्छ । त्यहाँ भ्वाइस आइसोलेसन अप्सनमा ट्याप गर्नुहोस् 


- यसपछि तपाईँको ब्याकग्राउन्डमा भएका आवाजहरू साना हुन्छन् । फिचरलाई डिसेबल गर्नका लागि सोही तरिका अपनाएर भ्वाइस आइसोलेसनमा ट्याप गरेपछि फोनको माइक्रोफोन पुन: डिफल्ट सेटिङमा नै सेट हुन्छ । 

पछिल्लो अध्यावधिक: बैशाख १२, २०८२ १०:१