काठमाडौँ । साइबर सुरक्षा क्षेत्रमा क्रियाशील कम्पनी ग्रीन टिक नेपाल प्रालिले डेटा सुरक्षामा विश्वसनीय मानिने एसओसी टु टाइप टु (SOC 2 TYPE II) सर्टिफिकेट प्राप्त गरेको छ । अमेरिकन इन्स्टिच्युट अफ सीपीएले तय गरिएको एसओसी टु मापदण्डअनुसार ग्रीन टिकले यो सर्टिफिकेट पाएको हो ।
एसओसी टु टाइप टु सर्टिफिकेटले ग्राहकको डेटा सुरक्षाका लागि अपनाइएका उपायहरू निरन्तर र प्रभावकारी रूपमा लागु भएको पुष्टि गरेको कम्पनीले जनाएको छ । उक्त सर्टिफिकेट प्राप्त गर्न कम्पनीका सुरक्षासम्बन्धी उपायहरू तीनदेखि १२ महिनासम्म गहिरो मूल्याङ्कन गरिन्छ ।
एसओसी टु टाइप टु सर्टिफिकेसन पाएपछि ग्रीन टिक नेपालका प्रमुख सबिन थापाले भने, “सुरक्षा कुनै एउटा फिचर होइन, यो हाम्रो आधार हो । यो प्रक्रियामार्फत हामीले आफ्ना कामलाई अझ सुधार्न, परीक्षण गर्न र ग्राहकको विश्वास जित्न सफल भएका छौं ।”
एक दशकभन्दा बढी समयदेखि यो कम्पनीले विभिन्न क्षेत्रका संस्थाहरुलाई साइबर सुरक्षा तथा परामर्श सेवा दिँदै आएको छ ।