close

“हामीलाई ड्राइभिङ लाइसेन्स ५/१० दिनमा चाहिएको छ, तर सरकार पानीजहाज र मोनोरेलको सपना बेच्छ”

टेकपाना टेकपाना

बैशाख ३०, २०८२ १८:१

“हामीलाई ड्राइभिङ लाइसेन्स ५/१० दिनमा चाहिएको छ, तर सरकार पानीजहाज र मोनोरेलको सपना बेच्छ”

काठमाडौँ । सांसद मनिष झाले सरकार सुशासनको वास्तविक अभ्यासभन्दा प्रचारमुखी काममा केन्द्रित भएको आरोप लगाएका छन् । मंगलबार प्रतिनिधि सभा बैठकमा बोल्दै झाले सरकारले जनतालाई प्रत्यक्ष असर पार्ने सेवामा ध्यान नदिई सुशासनको सपना बेचिरहेको धारणा राखे ।

राष्ट्रिय स्वतन्त्र पार्टीका नेतासमेत रहेका उनले भने, “सुशासनका लागि पानीजहाज र मोनोरेलको सपना बेचेर मात्र हुँदैन । यसले हामीलाई अल्झाउने र बल्झाउने काम मात्र गर्छ । ”

देशको आर्थिक सुधार, विकास र नागरिकको दैनिकी सहज बनाउन सरकार जिम्मेवार हुनुपर्नेमा उनले जोड दिए । “हामीलाई ड्राइभिङ लाइसेन्स ५/१० दिन भित्रमा चाहिएको छ । तर हामी पानीजहाज अफिसको उद्घाटन गर्छौँ,” उनले भने ।

पछिल्लो अध्यावधिक: बैशाख ३०, २०८२ १८:१