काठमाडौँ । सरकारले जियोस्टेसनरी स्याटलाइट अर्बिटमा नेपालको आफ्नै भूउपग्रह स्थापनाका लागि आधार तयार गर्ने भएको छ । बिहीबार संघीय संसदमा आर्थिक वर्ष २०८२/८३ को बजेट कार्यक्रम प्रस्तुत गर्दै उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले यस्तो घोषणा गरेका हुन् ।
“जियोस्टेसनरी स्याटलाइट अर्बिटमा नेपालको भूउपग्रह स्थापनाको आधार तयार गरिनेछ,” उनले भने ।
यो कदमले नेपाललाई सञ्चार, प्रसारण, तथ्याङ्क संकलन तथा राष्ट्रिय सुरक्षा जस्ता क्षेत्रमा आत्मनिर्भर बनाउन र अन्तरिक्ष प्रविधिमा पहुँच बढाउन सहयोग पुग्ने विश्लेषण गरिएको छ । आफ्नै भूउपग्रह भएपछि नेपालले दूरसञ्चार तथा प्रसारण सेवाका लागि विदेशी भूउपग्रहमा निर्भर रहनुपर्ने अवस्थाको अन्त्य हुने र ठुलो मात्रामा विदेशी मुद्रा बचत हुने अपेक्षा छ ।