नेपाल टेलिकमले नेटवर्कको गुणस्तर सुधार गर्दै, बिहीबार र शुक्रबार राति समस्या आउन सक्ने
साउन ८, २०८२ १९:१४
काठमाडौँ । बिहीबार र शुक्रबार राति नेटवर्कको गुणस्तर अभिवृद्धिको काम हुने भएकाले नेपाल टेलिकमको सेवामा समस्या आउन सक्ने देखिएको छ ।
बिहीबार साँझ एक सूचना जारी गर्दै टेलिकमले गुणस्तर अभिवृद्धिको काम गर्न लागेको भन्दै भ्वाइस, एसएमएस र डेटा सेवामा बिहीबार र शुक्रबार करिब ४ घण्टा समस्या आउन सक्ने जनाएको छ ।
कम्पनीका अनुसार साउन ८ र ९ गते राति ११:५५ बजेदेखि करिब ४ घण्टा सेवामा समस्या आउन सक्ने भन्दै असुविधाका लागि क्षमा मागेको छ ।
पछिल्लो अध्यावधिक: साउन ९, २०८२ ८:२१
