close

कुनै पनि बैँकका ग्राहकले क्यूआर मार्फत सानिमा बैँकका शाखाबाट नगद झिक्न सक्ने

टेकपाना टेकपाना

साउन ९, २०८२ १८:५३

कुनै पनि बैँकका ग्राहकले क्यूआर मार्फत सानिमा बैँकका शाखाबाट नगद झिक्न सक्ने

काठमाडौँ । सानिमा बैँकले अन्तर बैँक टेलर क्यूआर कारोबार सेवा सञ्चालनमा ल्याएको छ । डिजिटल बैङ्किङ प्रविधिको नयाँ अनुभव महसुस गराउँदै ग्राहकलाई सहज र सरल रूपमा सुविधा दिने उद्देश्यका साथ यो सेवा ल्याइएको हो ।

सानिमा बैँकले फोन पेसँगको सहकार्यमा यो अन्तर-बैँक टेलर क्यूआर कारोबार सेवा ल्याएको हो । यस अन्तर्गत फोनपे नेटवर्कमा आबद्ध अन्य बैँक तथा वित्तीय संस्थाको मोबाइल बैङ्किङ एप प्रयोग गरी सानिमा बैँकको कुनै पनि शाखाबाट रकम झिक्न सक्नेछन् ।

यो सेवाले दुर्गम स्थानका शाखामा सीमित एटीएम पहुँच भएका ग्राहकहरूलाई आपत्कालीन अवस्थामा रकम झिक्न सहयोग पुग्ने सानिमा बैँकको विश्वास छ । साथै अन्य सेवा शुल्क जस्तै अनलाइन शुल्क तथा एफसीवाई सटही भुक्तानीका लागि पनि यो सेवा उपयोग हुने अपेक्षा गरिएको छ । देशभर सानिमा बैँकका १३४ ओटा कार्यालय तथा १२७ ओटा एटीएमहरू सञ्चालनमा छन् । 

पछिल्लो अध्यावधिक: साउन ९, २०८२ १८:५५