close

आईएमई खल्तीका सीईओ विनय खड्का बने पीएसपी एसोसिएसनका नयाँ अध्यक्ष

टेकपाना टेकपाना

साउन ११, २०८२ १९:४९

आईएमई खल्तीका सीईओ विनय खड्का बने पीएसपी एसोसिएसनका नयाँ अध्यक्ष

काठमाडौँ । आईएमई खल्ती लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सीईओ) विनय खड्का पीएसपी एसोसिएसनको अध्यक्ष चुनिएका छन् । 

भुक्तानी सेवा प्रदायकहरूको छाता संस्था पीएसपी एसोसिएसनको संस्थापक अध्यक्ष प्रविन रेग्मी आईएमई खल्ती लिमिटेडको सञ्चालक समिति सदस्य बनेपछि खड्का नयाँ अध्यक्ष चयन भएका हुन् ।

तत्कालीन खल्तीका सीईओसमेत रहका खड्का आईएमई पेसँगको मर्जरपछि पुन:प्रमुख कार्यकारीमा दोहोरिएपछि थिए । रेग्मी भने तत्कालीन आईएमई पेको सीईओ थिए । 

खड्का यसअघि पीएसपी एसोसिएसनको संस्थापक उपाध्यक्षको भूमिकामा थिए ।

पछिल्लो अध्यावधिक: साउन ११, २०८२ १९:४९