अनरको नयाँ फिचर: अब एन्ड्रोइड, आईओएस र हार्मोनीओएसबिच सजिलै डेटा ट्रान्सफर गर्न सकिने
साउन २१, २०८२ १५:४
काठमाडौँ । फरक-फरक अपरेटिङ सिस्टम (OS) भएका डिभाइसहरूबिच डेटा साटफेर गर्नु आफैमा चुनौतीपूर्ण छ । एन्ड्रोइडबाट आईओएसमा वा आईओएसमा एन्ड्रोइडमा डेटा ट्रान्सफर गर्न उत्तिकै झन्झट त छँदै छ झनै चिनियाँ कम्पनीहरूले आ-आफ्नै ओएस प्रयोगमा ल्याउँदा यसले छुट्टै समस्या ल्याएको छ । यहि समस्यालाई ध्यानमा राख्दै चिनियाँ कम्पनी अनरले नयाँ फिचर ल्याएको छ 'डिभाइस क्लोन' । यो फिचरले आईओएस, एन्ड्रोइड, हार्मोनि ओएस नेक्स्ट र अनरबिच सजिलै डेटा ट्रान्सफर गर्न सघाउने बताइएको छ ।
अनरले केही महिनाअघि मात्र आफ्नो डिभाइसबाट आईओएसमा फाइल तथा डेटा ट्रान्सफर गर्न मिल्ने 'एआई कनेक्ट' फिचर ल्याएको थियो । यही फिचरलाई विस्तारै गर्दै अब अन्य ओएसहरूमा पनि सहजै डेटा ट्रान्सफर गर्न मिल्ने फिचर गरिएको हो ।
ह्वावे र अनरले पहिले पनि सहजै डेटा सार्न मिल्ने फिचर उपलब्ध गराएको थियो तर हार्मोनिओए नेक्स्टसँगको साटफेर भने यो पहिलो पटक हो । जसले गर्दा अब हार्मोनीओएस नेक्स्ट प्रयोग गर्ने प्रयोगकर्ताहरूले सहजै अनरबाट आफ्नो डेटा ट्रान्सफर गर्न सक्नेछन् ।
कसरी प्रयोग गर्ने डिभाइस क्लोन ?
अनर प्रयोगकर्ताहरूले आफ्नो स्मार्टफोनमा “Device Clone” एप आधिकारिक एप स्टोरबाट डाउनलोड गर्नुपर्छ । त्यसपछि तलका चरणहरू पालना गर्नुपर्नेछ:
-
आफ्नो स्मार्टफोन अन गर्नुहोस्
-
सेटिङ्स (Settings) मा जानुहोस्
-
System & Updates रोज्नुहोस्
-
Device Clone मा क्लिक गर्नुहोस्
-
“This is a new device” विकल्प छान्नुहोस्
-
पुरानो फोनको अपरेटिङ सिस्टमलाई “HarmonyOS” चयन गर्नुहोस्
-
अब पुरानो फोनमा पनि Device Clone एप डाउनलोड गर्नुहोस् । त्यसमा “This is an old device” चयन गर्नुहोस् । त्यसपछि नयाँ फोनमा देखिएको क्यूआर कोडलाई स्क्यान गरेर दुवै फोनलाई कनेक्ट गर्नुहोस्
-
यति भएपछि प्रयोगकर्ताले कुन डेटा ट्रान्सफर गर्ने भन्ने छान्न सक्नेछन् र “NEXT” बटन थिचेपछि डेटा ट्रान्सफर हुन्छ ।
पछिल्लो अध्यावधिक: साउन २१, २०८२ १५:४
