काठमाडौँ । अर्बौं रुपैयाँ कर्मचारीको पेन्सनका लागि छुट्याउँदा नेपाल टेलिकमले लगानीमा कमी आएको जनाएको छ । शनिबार आर्थिक वर्ष २०८१/०८२ को वित्तीय विवरण सार्वजनिक गर्दै कम्पनीले गत आवमा ४ अर्ब ९४ करोड र यस आवमा १३ अर्ब १५ करोड गरी १९ अर्ब १२ करोड रुपैयाँ कर्मचारी निवृत्तिभरण व्यवस्थाका लागि छुट्याइएको हो ।
गत वर्ष जीएसएम अनुमतिपत्र नविकरणको लागि २० अर्ब रुपैयाँ समेत बुझाउँदा टेलिकमले बैँक निक्षेपमा राख्दै आएको लगानी रकम भारी मात्राले गिरावट आएको छ । जसको असर कम्पनीको ब्याज आम्दानीमा परेको हो । कम्पनीका अनुसार गत आवको तुलनामा आव २०८१/०८२ मा ब्याज आय करिब ३ अर्ब ९ करोड ११ लाख ४२ हजार रुपैयाँले घटेको छ । जुन ४५.२९ प्रतिशतको गिरावट हो ।
पछिल्लो अध्यावधिक: भदौ १, २०८२ ९:२७
