डिशहोमको विशेष अफर, इन्टरनेट जोड्ने नयाँ ग्राहकलाई ८ हजार पर्ने फोर-के स्ट्रिमर निःशुल्क
भदौ ५, २०८२ १३:१०
काठमाडौँ । डिशहोमले यस कुसे औँसी अर्थात् बुबाको मुख हेर्ने दिनलाई विशेष बनाउन ग्राहकहरूका लागि आकर्षक अफर ल्याएको छ । कम्पनीले एक वर्षका लागि नयाँ इन्टरनेट जडान गर्ने ग्राहकलाई ७ हजार ९९९ पर्ने फोर-के स्ट्रिमर उपहार स्वरूप दिने भएको हो ।
यो विशेष अफर भदौ ५-७ भदौसम्म मात्र लागु हुने कम्पनीले जनाएको छ । १०० एमबीपीएस वा सोभन्दा माथिका इन्टरनेट प्याकेजमा यो योजना लागु हुनेछ ।
उपहार प्राप्त गर्नका लागि ग्राहकले इन्टरनेट जडान गरेको ७ दिनपछि आफ्नो नजिककैको डिशहोम सेवा केन्द्रमा सम्पर्क गर्नुपर्नेछ । जहाँबाट ग्राहक आईडी वा इन्टरनेट विवरण देखाएर सो उपहार लिन सकिनेछ ।
यस विशेष अभियानमार्फत बुबाको मुख हेर्ने दिनको सम्मानमा आफ्ना ग्राहकहरूलाई आधुनिक मनोरञ्जन उपकरण उपहार दिन लागिएको डिशहोमले बताएको छ ।
पछिल्लो अध्यावधिक: भदौ ५, २०८२ १३:१०
