बीवाईडी याङवाङ यु९ ले राख्यो विश्वकै तीव्र गतिमा चल्ने ईभीको रेकर्ड, प्रतिघण्टा ४७२.४१ किमि
भदौ ११, २०८२ १३:२३
काठमाडौँ । बीवाईडीको प्रिमियम सब–ब्रान्ड याङवाङले ग्लोबल इलेक्ट्रिक भेहिकल (ईभी) मा सबैभन्दा तीव्र गतिको ईभी रेकर्ड कायम गरेको छ । जर्मनीको एटीपी अटोमोटिभ टेस्टिङ पापेनबर्ग टेस्ट ट्रयाकमा ४७२.४१ किलोमिटर प्रति घण्टाको गतिका साथ सो रेकर्ड कायम भएको हो ।
याङवाङको पछिल्लो मोडल यु ९ ट्रयाक एडिसन सुपर कारले गत ८ अगस्टमा विश्वकै सबैभन्दा तीव्र गतिको ईभीको रूपमा सो रेकर्ड कायम गरेको हो । रेकर्ड कायम गर्ने क्रममा जर्मनीका व्यावसायिक ड्राइभर मार्क बासेङले गाडी चलाएरका थिए । यसअघि गत वर्ष पनि उनले यस्तै ग्लोबल ईभी स्पिड रेकर्ड कायम गरेका थिए । नयाँ प्रविधिका कारण उही ट्रयाकमा नयाँ रेकर्ड कायम गर्न सफल भएको र आफ्नै रेकर्ड तोडेकोमा उनले खुसी व्यक्त गरेका छन् ।
याङवाङ यु ९ हाल चीनमा बिक्री भइरहेको छ । अहिले रेकर्ड ब्रेक गरेको याङवाङ यु ९ ट्रयाक एडिसन त्यसैको सुधारिएको भर्सन हो । यसमा पनि यु ९ मा प्रयोग गरिएको ई ४ प्लेटफर्म र डिसस–एक्स कोर टेक्निकल आर्किटेक्चर प्रयोग गरिएको छ । यसमा विश्वकै पहिलो १२०० भोल्टको अल्ट्रा-हाई-भोल्टेज भेहिकल प्लेटफर्म फिचर उपलब्ध छ । जसलाई एक्स्ट्रिम कन्डिसनमा पनि सहजताका लागि थर्मल म्यानेजमेन्ट सिस्टमसँग पेयर गरिएको छ ।
याङवाङ यु ९ ट्रयाक एडिसनमा भएको ई ४ प्लेटफर्ममा विश्वकै पहिलो विशेष प्रकारको मोटर सिस्टम प्रयोग गरिएको छ । जसमा ३० हजार आरपीएमको हाई-पर्फमेन्स मोटर रहेको छ । प्रत्येक मोटरले ५५५ किलोवाटको पिक पावर डेलिभर गर्छन् । यी सबै बाट ३ हजार पीएसको कम्बाइन्ड सिस्टम आउटपुट हुन्छ । यसका कारण गाडीको पावर टु वेट रेसियो पनि प्रतिटन १ हजार २१७ पीएस हुन जान्छ ।
यी वाहेक ई ४ प्लेटफर्मको क्वाड-मोटर इन्डिपेन्डेन्ट टर्क-भेक्टरिङ सिस्टमले लगातार रूपमा सडकको मनिटर गरिरहेको हुन्छ । जसले गर्दा स्पिड, पोस्चर आदिको निगरानी गरी ह्विल स्लिप हुन वा ट्रयाक्सन लस हुनबाट बचाउँछ ।
डिसस-एक्स इन्टेलिजेन्ट बडी कन्ट्रोल सिस्टमले सस्पेन्सनलाई जस्तोसुकै कर्नरिङ र एक्सिलरेसनको समयमा पनि सहजता ल्याउन सघाउछ । यसले टायर र रोडको समन्वय मिलाएर ड्राइभरलाई समेत कम्फर्ट र कन्फिडेन्स ल्याउन सघाउछ ।
याङवाङ यु ९ मै प्रयोग भएको एरोडाइनामिक डिजाइन यु ९ ट्रयाक एडिसनमा पनि प्रयोग गरिएको छ । त्यसैगरी यसमा अझै सुधारिएको अप्सनल कार्बन-फाइबर फ्रन्ट स्प्लिटर प्रयोग गरिएको छ । अल्ट्रा-हाई स्पिडमा समेत चलाउन सहज हुने गरी यसमा पुरै साइन्टिफिक डिजाइन र टेक्नोलोजी प्रयोग गरिएको छ । यसमा प्रयोग भएको टायर पनि विशेष किसिमको छ । यसका लागि ट्रयाकमा केन्द्रित सेमी-स्लिक टायर प्रयोग गरिएको छ ।
यसरी पहिले नै उपलब्ध विशेष प्राविधिक दक्षता र थप सुधारका कारण याङवाङ यु ९ ट्रयाक एडिसनले सो उपलब्धि हासिल गर्न सफल भएको हो । यी सबैका कारण यो ग्लोबल अटोमोटिभ इन्डस्ट्रीकै शीर्ष स्थानमा पर्न सफल भएको हो ।
पछिल्लो अध्यावधिक: भदौ ११, २०८२ १३:२३
