close

गैरनाफामूलक संस्थाको विवरण राख्न छुट्टै सफ्टवेयर, पञ्जीकरण विभागसँग एपीआईमार्फत आबद्धता प्रदान

टेकपाना टेकपाना

भदौ १६, २०८२ १७:३१

गैरनाफामूलक संस्थाको विवरण राख्न छुट्टै सफ्टवेयर, पञ्जीकरण विभागसँग एपीआईमार्फत आबद्धता प्रदान

काठमाडौँ । गैरनाफामूलक संघसंस्थाहरूको एकीकृत विवरण राख्न गृह मन्त्रालयले तयार गरेको सफ्टवेयरलाई आवश्यक पर्ने विवरण राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागबाट एपीआईमार्फत आबद्धता प्रदान गर्न सरकारले स्वीकृति प्रदान गरेको छ । 

गृह मन्त्रालयको उक्त प्रस्ताव १३ भदौमा बसेको मन्त्रिपरिषद् बैठकले स्वीकृत गर्ने निर्णय गरेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले गृह मन्त्रालयको सफ्टवेयरलाई आवश्यक पर्ने विवरण विभागबाट एपीआईमार्फत आबद्धता प्रदान गर्न स्वीकृति दिइएको जानकारी दिए ।

“नेपालमा सञ्चालन हुने गैरनाफामूलक संघसंस्था (एनपीओ)को एकीकृत विवरण राख्ने प्रयोजनका लागि गृह मन्त्रालयले तयार गर्ने एनपीओ पब्लिक पोर्टल सफ्टवेयर सञ्चालनका लागि आवश्यक रहेको विवरण प्राप्त गर्न उक्त पोर्टललाई राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागसँग एप्लिकेसन प्रोग्रामिङ इन्टरफेस (एपीआई)मार्फत आबद्धता प्रदान गर्न स्वीकृति दिएको छ,” मन्त्री गुरुङले भने ।

 

पछिल्लो अध्यावधिक: भदौ १६, २०८२ १७:४५