जेन जीको आन्दोलनमा घुसपैठीया हाबी, अपेक्षा विपरीत संसद् भवन प्रवेशको प्रयास
भदौ २३, २०८२ १२:५७
काठमाडौँ । जेन जीले सोमबार राजधानीमा आयोजना गरेको विरोध प्रदर्शन नियन्त्रण बाहिर गएको छ । जेनजीको आधिकारिक डिस्कर्ड ग्रुपमा एक नोटिस राख्दै जेन जीको चाहना विपरीतका अर्कै पक्षबाट चलखेल भएको आशङ्का गरिएको छ ।
आन्दोलन कारीहरूलाई माइतीघर तर्फ पुनः फिर्ता हुन आह्वान गर्दै भनिएको छ, "तेस्रो पक्षको अग्रसरतामा संसद भवनमा हस्तक्षेपको प्रयास भएको हो, हामी स्पष्ट पार्न चाहन्छौँ कि यो कदम जेन जी प्रदर्शनकारीले सुरुवात गरेको होइन ।"
प्रदर्शनका क्रममा तनाब बढ्दै गएपछि आयोजक ग्रुपमा यो घटना आफूहरूको आन्दोलनसँग सम्बन्धित नभएको स्पष्ट पारिएको छ । "हाम्रो प्रदर्शन एकता र शान्तिपूर्ण परिवर्तनको दिशामा अघि बढ्नेछ, नक कि हिंसात्मक ।"
सूचनामा सम्पूर्ण प्रदर्शन कारीहरूलाई नेतृत्व लिन, अनुशासित रहन र अर्को पक्षलाई हाइज्याक गर्न नदिन आह्वान समेत गरिएको छ ।
पछिल्लो अध्यावधिक: भदौ २३, २०८२ १२:५७
