close

आज राति नै सुशीला कार्की अन्तरिम सरकारको प्रधानमन्त्री बन्ने सम्भावना

टेकपाना टेकपाना

भदौ २६, २०८२ २२:५४

आज राति नै सुशीला कार्की अन्तरिम सरकारको प्रधानमन्त्री बन्ने सम्भावना

काठमाडौँ । आज राति नै पूर्व प्रधानन्यायाधीश सुशीला कार्की अन्तरिम सरकारको प्रधानमन्त्री बन्ने सम्भावना देखिएको छ । राष्ट्रपति रामचन्द्र पौडेल आफ्नो अडानबाट पछि हटेपछि सरकार प्रमुखको रिक्तता हट्ने देखिएको हो ।

बिहीबार जेन-जीहरूको प्रस्ताव र काठमाडौँ महानगरका मेयर बालेन्द्र शाह 'बालेन'को समर्थनमा कार्कीको नाम सिफारिस गरिएको थियो । तर राष्ट्रपति पौडेलले सुशीला कार्कीको सन्दर्भमा संसद बाहिरको व्यक्तिलाई प्रधानमन्त्री नियुक्त गर्न नसकिने अडान लिएपछि अनिर्णयको स्थिति बनेको र यसले गर्दा आम जनतामा अन्योलताको स्थिति सिर्जना भएको थियो ।

यसैबिच जेन-जी आन्दोलनकारीहरूले नेपाली सेनाका अधिकारीहरूलाई बिहीबार राति ११ बजेसम्म कार्कीलाई प्रधानमन्त्री नियुक्त नगरे राष्ट्रपति भवन घेर्ने चेतावनी दिएका छन् ।

जेन-जी आन्दोलनकारी र नेपाली सेनाको दबाब थेग्न नसकेपछि राष्ट्रपति अन्ततः कार्कीलाई अन्तरिम सरकारको प्रधानमन्त्रीमा नियुक्ति गर्न तयार भएको बुझिएको छ । आजै राति नै यस विषयमा आवश्यक प्रक्रिया पूरा गरी निर्णय हुन सक्ने सम्भावना रहेको स्रोतले जनाएको छ ।

पछिल्लो अध्यावधिक: भदौ २६, २०८२ २३:२