close

फिफा विश्वकपमा निःशुल्क खेल देखाउन सक्ने ३८ पाइरेटेड वेबसाइट तथा एप बन्द गर्दै सरकार

टेकपाना टेकपाना

जेठ २७, २०८३ १९:२६

फिफा विश्वकपमा निःशुल्क खेल देखाउन सक्ने ३८ पाइरेटेड वेबसाइट तथा एप बन्द गर्दै सरकार

काठमाडौँ । सरकारले भोलिदेखि सुरु हुने फिफा विश्वकप २०२६ को खेल अनधिकृत रूपमा लाइभ प्रसारण गर्न सक्ने सम्भावित ३८ वटा प्लेटफर्ममाथि प्रतिबन्ध लगाउने तयारी गरेको छ । नेपालका लागि फिफा विश्वकपको आधिकारिक प्रसारण अधिकार पाएको मिडिया कम्पनीको सिफारिसका आधारमा सूचना तथा सञ्चार मन्त्रालयले यो कदम चाल्न लागेको हो ।

नेपालका लागि विश्वकप प्रसारणको विशेष अधिकार पाएको ‘एस प्रो मिडिया प्रालि’का अध्यक्ष सोम धितालले अनधिकृत रूपमा खेल प्रसारण गर्ने मोबाइल एप तथा वेबसाइटलाई ब्लक गर्न सञ्चार मन्त्रालयलाई पत्रमार्फत अनुरोध गरेका थिए । सोही पत्रका आधारमा मन्त्रालयले नेपाल दूरसञ्चार प्राधिकरणलाई आवश्यक कारबाहीका लागि पत्राचार गरेको हो ।

प्राधिकरणले हाल इन्टरनेट तथा मोबाइल सेवा प्रदायकसँग समन्वय गरी अनधिकृत रूपमा सञ्चालित र प्रतिलिपि अधिकार उल्लंघन गर्ने विभिन्न ३८ वटा प्लेटफर्मलाई बन्द गराउने प्रक्रिया अगाडि बढाएको छ ।

यी हुन् सूचीमा परेका अनधिकृत एप तथा वेबसाइट

क) गैरकानुनी मोबाइल एपहरू (Unauthorized Apps & Source Platforms):

१. Sportzfy (Apk Pure, Softonic, Apkben, Apkrabi, Apktodo, Apple Store, Download.cnet, Download.it, Liteapks, Gameloop, Sportzfy.dogas, Appbrain मा उपलब्ध)
२. Cricfytv (Bluestacks, Filecr, Modfyp, Troypoint, Apple Store मा उपलब्ध)
३. Susmiplays (SP Hub मा उपलब्ध)
 

ख) गैरकानुनी वेबसाइटहरू (Unauthorized Domains/Websites):

१. tv.getemoji.online
२. kick.com
३. freeplyrr
४. bhandari-suraj.com
५. sportzfy
६. sportzfypkdownload
७. sportzfytvapp
८. sportzfytvbd
९. sportzfy.link
१०. sportzfyapp.cc
११. cricfytv.to
१२. cricfytvap
१३. cricfytv.org
१४. cricfytv.net
१५. cricfytv.com
१६. cricfytv.pro
१७. cricfy.net
१८. newsecrettips
१९. novasoccer.net
२०. nepsportshub
२१. crichd.com
२२. smartcric.com
२३. webcric.eu
२४. soccertvhd.com
२५. https://www.yosin-tv.net
२६. Streamseast.top
२७. genzaity.com
२८. fbstream.me
२९. streamed.su
३०. Streameast
३१. ronaldo7.net
३२. Istreameast.app
३३. damity.pro
३४. soccertvhd.com
३५. sportzworkzlive

पछिल्लो अध्यावधिक: जेठ २७, २०८३ १९:२६