काठमाडौँ । काठमाडौँलाई बाहिरी जिल्लासँग जोड्ने विभिन्न सडकहरू एकतर्फी रूपमा खुलेका छन् । जिल्ला प्रशासन कार्यालय काठमाडौँले एक सूचना निकालेर एकतर्फी रुपमा सडक खुलाइएको र अब गाडी चल्न सक्ने जनाएको छ ।
बाढी पहिरोको विपद्का कारण हुन सक्ने सम्भावित दुर्घटना रोक्न भन्दै सरकारले हिजो बिहानदेखि तीन दिनसम्म काठमाडौँ भित्रिने र बाहिरिने सवारी साधन चल्न रोक लगाएको थियो । जसका कारण कुनै पनि नाकाबाट काठमाडौँ भित्रिने र बाहिरिने सवारी साधन ठप्प थिए ।
तर वर्षा रोकिएसँगै पहिरो पन्छाउन थालिएको र राजमार्गहरूमा एकतर्फी सवारी सवारी चलाउन सकिने जानकारी आएकोले सवारी खुलाइएको जिल्ला प्रशासन कार्यालय काठमाडौँले जनाएको छ । सवारी साधन चलाउँदा सुरक्षाकर्मी तथा ट्राफिक प्रहरीको निर्देशन र सडकका संकेत तथा नियम पालना गर्न पनि प्रशासनले आग्रह गरेको छ ।

पछिल्लो अध्यावधिक: असोज १९, २०८२ १३:३९
