close

सामसङको तिहार अफरः टिभी, फ्रिज र वाशिङ मसिन खरिदमा छुटसँगै आकर्षक उपहार

टेकपाना टेकपाना

असोज २६, २०८२ १६:४४

सामसङको तिहार अफरः टिभी, फ्रिज र वाशिङ मसिन खरिदमा छुटसँगै आकर्षक उपहार

काठमाडौँ । सामसङ नेपालले ‘तिहारको मूड, सबै गुड !’ नामक तिहार क्याम्पेन सुरु गरेको छ । कम्पनीले नेपालभरका ग्राहकहरूका लागि विशेष छुट र आकर्षक लक्की ड्रमार्फत साप्ताहिक तथा बम्पर पुरस्कारसहितको अफर ल्याएको हो । 

कम्पनीका अनुसार यो अफर २६ असोजदेखि ३० कात्तिकसम्म देशभरका अधिकृत सामसङ विक्रेताहरूमा लागु हुनेछ । यस अवधिमा ग्राहकहरूले सामसङ टिभी, फ्रिज र वाशिङ मसिनमा आकर्षक छुटका साथै नयाँ भर्सनका उत्पादनहरू किन्न सक्नेछन् । 

जसअनुसार टिभी खरिदमा ३५ प्रतिशतसम्म क्याशब्याक र ५ हजार रुपैयाँसम्म एक्स्चेन्ज बोनस प्राप्त गर्न सकिनेछ । त्यस्तै फ्रिजमा १९ प्रतिशतसम्म क्याशब्याक तथा ६ हजार रुपैयाँसम्म एक्स्चेन्ज बोनस र वाशिङ मसिनमा २४ प्रतिशतसम्म क्याशब्याक तथा ७ हजार रुपैयाँसम्म एक्स्चेन्ज बोनस रहेको छ । 

यसका साथै सामसङले आफ्ना ग्राहकहरूका लागि आकर्षक साप्ताहिक र बम्पर पुरस्कारहरू पनि उपलब्ध गराएको छ । टिभी खरिदमा साप्ताहिक रूपमा साउन्डबार र बम्पर पुरस्कारमा ३५ लिटर बिस्पोक एआई फ्रिज राखिएको छ । यसैगरी फ्रिज खरिद गर्ने ग्राहकहरूका लागि २३ लिटरको माइक्रोवेभ ओभन साप्ताहिक र ९ केजी फ्रन्ट लोड वाशिङ मसिन बम्पर पुरस्कार रहेको छ । 

यस्तै वाशिङ मसिन खरिदमा साप्ताहिक पुरस्कारमा २३ लिटरकै माइक्रोवेभ ओभन छ भने यसको बम्पर उपहारमा ६५ इन्चको यूएचडी टिभी रहेको छ । 

ग्राहकहरूले सामसङको टिभी, फ्रिज वा वाशिङ मसिन खरिद गरेपछि उत्पादनको सिरियल नम्बर एसएमएस मार्फत पठाएर भाग लिन सक्नेछन् । यसका लागि “Samsung [Serial Number]” लेखी ३५००१ मा पठाउनु पर्नेछ । (उदाहरण: Samsung XXXXXXXXXXXXXXX)

विजेताहरूको घोषणा हरेक साताको अन्त्यमा सामसङ प्लाजा र बिग डिजिटलका फेसबुक तथा इन्स्टाग्राम पेजमा गरिनेछ । त्यसैगरी सामसङले इन्स्टाफाइनान्स सेवामार्फत ग्राहकहरूलाई शून्य प्रतिशत ब्याजदरमा सजिलो ईएमआई विकल्प उपलब्ध गराएको छ । 

यसका लागि केवल नागरिकता प्रमाणपत्र आवश्यक हुनेछ । साथै पुराना टिभी वा होम अप्लायन्स अर्कोस्टोर  नजिकैको अधिकृत सामसङ स्टोरमार्फत साट्दा ७ हजारसम्मको एक्स्चेन्ज बोनस पनि प्राप्त गर्न सकिनेछ । 

 

पछिल्लो अध्यावधिक: असोज २६, २०८२ १६:४४