काठमाडौँ । सीजी इलेक्ट्रिकले चाडपर्वको अवसरमा आफ्नो नयाँ अभियान उज्यालो भनेकै सीजी एलईडीहरू सार्वजनिक गरेको छ । देशभरका उपभोक्ता माझ विश्वसनीय ब्रान्डका रूपमा परिचित कम्पनीले नेपाली घर–घरमा उज्यालो, ऊर्जा सक्षम र दीर्घकालीन समाधान पुर्याउने उद्देश्यका साथ यो अभियान सुरु गरेको हो ।
सीजी एलईडीलाई फास्ट मुभिङ इलेक्ट्रिक गुड्सको रूपमा प्रस्तुत गरिएको छ । जसले घरलाई अझ उज्यालो र आकर्षक बनाउने कम्पनीले जनाएको छ । २४ महिनाको वारेन्टी सहित सीजी एलईडी बल्ब, ट्युबलाइट, प्यानल लाइट, फ्लड लाइट, स्ट्रिट लाइट, ब्याटेन लाइट र विभिन्न रङ्गका डेकोरेटिभ बल्बहरू बजारमा उपलब्ध छन् । जसले नेपाली उपभोक्तालाई गुणस्तरीय प्रकाश समाधान प्रदान गर्दै आएको छ ।
चाडपर्वको माहोलमा परिवारका साथ घर–परिवार उज्यालो बनाउने सन्देशसहित यो अभियान सुरु गरिएको कम्पनीले जनाएको छ । आधुनिक डिजाइन, ऊर्जा बचत र लामो आयुका कारण सीजी एलईडी उत्पादहरूले बजारमा बलियो स्थान बनाउन सफल भएका छन् ।
सीजी इलेक्ट्रिकका नेसनल सेल्स हेड मदन खनालका अनुसार सीजी एलईडीले उज्यालो मात्र नभई नेपाली घरको हरेक कुनामा खुसी र ताजगी पनि ल्याउने बताए । “हामी नेपाली उपभोक्ताको विश्वासप्रति सदैव कृतज्ञ छौँ,” उनले भने ।
सीजी एलईडी उत्पादनहरू देशभरका प्रमुख इलेक्ट्रिक पसलहरूमा उपलब्ध छन् । थप जानकारीका लागि ९८५१२३८१२१ मा सम्पर्क गर्न सकिनेछ अथवा कम्पनीको वेबसाइटमा जान सकिनेछ ।
पछिल्लो अध्यावधिक: असोज ३१, २०८२ ११:८
