close

सञ्चारमन्त्री खरेल आईसीटी लिडरसिप फोरममा सहभागी हुन दक्षिण कोरिया जाने

टेकपाना टेकपाना

असोज ३१, २०८२ १५:२९

सञ्चारमन्त्री खरेल आईसीटी लिडरसिप फोरममा सहभागी हुन दक्षिण कोरिया जाने

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदिश खरेल ११औं ग्लोबल आईसीटी लिडरसिप फोरममा सहभागी हुन दक्षिण कोरिया जाने भएका छन् ।

२६ कात्तिकमा दक्षिण कोरियाको राजधानी सिओलमा उक्त कार्यक्रम आयोजना हुँदैछ । 

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले सञ्चारमन्त्री खरेलको दक्षिण कोरिया भ्रमण स्वीकृत गरेको हो ।

 

पछिल्लो अध्यावधिक: असोज ३१, २०८२ १६:४७