close

बैंक तथा वित्तीय संस्थामा एआईमा आधारित डिजिटल सञ्चार समाधान उपलब्ध गराउँदै आकाशटेल

टेकपाना टेकपाना

जेठ १५, २०८३ १६:२८

बैंक तथा वित्तीय संस्थामा एआईमा आधारित डिजिटल सञ्चार समाधान उपलब्ध गराउँदै आकाशटेल

काठमाडौँ । नेपालका बैंक तथा वित्तीय संस्थाहरूमा ग्राहकसँगको सञ्चारलाई छिटो, व्यवस्थित र प्रभावकारी बनाउन आर्टिफिसियल इन्टिलिजेन्स (एआई) मा आधारित डिजिटल प्रणालीको प्रयोग बढ्दै गएको छ । पछिल्लो समय बैंकिङ संस्थाहरूले ग्राहक सहायता, भुक्तानी जानकारी, ओटीपी, सूचना प्रवाह तथा प्रतिक्रिया सङ्कलनका लागि स्वचालित प्रणालीहरूलाई प्राथमिकता दिन थालेका छन् ।

यसै बढ्दो मागलाई सम्बोधन गर्दै डिजिटल सञ्चार सेवा प्रदायक कम्पनी आकाशटेलले बैंक तथा वित्तीय संस्थाहरूका लागि एआईमा आधारित आधुनिक 'बिजनेस कम्युनिकेसन सोलुसन' उपलब्ध गराउँदै आएको छ । कम्पनीका अनुसार बैंकिङ क्षेत्रमा दैनिक रूपमा हुने कर्जा फलोअप (Loan Follow-up), भुक्तानीको रिमाइन्डर, ग्राहक सहायता र ग्राहक पहिचान (केवाईसी) जस्ता कार्यलाई सहज बनाउन यी प्रणाली प्रभावकारी देखिएका छन् ।

आकाशटेलले हाल इन्टर्‍याक्टिभ भ्वाइस रेस्पोन्स, भ्वाइस ब्रोडकास्टिङ, डाइनामिक एसएमएस, ह्वाट्सएप बिजनेस प्लेटफर्म, सर्भे मोड्युल तथा ओम्नीच्यानल कम्युनिकेसन सिस्टम जस्ता सेवाहरू प्रदान गरिरहेको छ । यी प्रणालीले ग्राहकसँगको सञ्चार प्रक्रियालाई एकीकृत र थप व्यवस्थित बनाउन सहयोग गर्ने कम्पनीको दाबी छ ।

आकाशटेलका उपाध्यक्ष राजन कोइरालाका अनुसार अहिले बैंकहरूबीच 'ग्राहक अनुभव' (Customer Experience) सुधार गर्ने प्रतिस्पर्धा छ। उनी भन्छन्, "ग्राहकले अहिले सहज र छिटो छरितो सेवाको अपेक्षा गर्छन्। त्यसैले परम्परागत सञ्चारको सट्टा डिजिटल र एआईमा आधारित प्रणालीको प्रयोग बैंकहरूको आवश्यकता बनेको छ।"

कम्पनीका अनुसार आईभीआर र एआई भ्वाइस एजेन्टमार्फत ग्राहकले आफ्नो समस्याका लागि धेरै समय कुर्नु पर्दैन । यो प्रणालीले ग्राहकलाई सिधै सम्बन्धित विभाग वा समाधानसम्म पुर्‍याउँछ । त्यस्तै, भ्वाइस ब्रोडकास्टिङमार्फत बैंकहरूले ऋणको किस्ता (ईएमआई), बिमा नवीकरण वा नयाँ स्किमका बारेमा हजारौँ ग्राहकलाई एकै पटक जानकारी पठाउन सक्छन् ।

डाइनामिक एसएमएस र भ्वाइस ब्रोडकास्टिङको अर्को विशेषता भनेको व्यक्तिगत विवरणसहितको सञ्चार हो । यसबाट ग्राहकको नाम, निश्चित रकम र मिति उल्लेख गरेर सूचना पठाउन सकिन्छ । साथै, ह्वाट्सएप बिजनेस प्लेटफर्ममार्फत कागजात आदानप्रदान र प्रडक्टको जानकारी दिन सकिने सुविधा छ ।

यति मात्र होइन, एआई च्याटबटले सामान्य जिज्ञासाहरूको स्वचालित उत्तर दिने हुनाले बैंकको 'कस्टमर सपोर्ट' टिममाथि पर्ने कार्यभार कम हुन्छ । ओम्नीच्यानल कम्युनिकेसन प्लेटफर्मले भने फेसबुक, इन्स्टाग्राम र ह्वाट्सएप जस्ता विभिन्न माध्यमबाट आउने सन्देशहरूलाई एउटै ड्यासबोर्डमा समेट्छ, जसले गर्दा बैंकका कर्मचारीलाई जवाफ दिन सहज हुन्छ ।

यी प्लेटफर्महरूले नेपालको डिजिटल बैंकिङ सेवालाई थप प्रभावकारी, सुरक्षित र ग्राहक मैत्री बनाउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास आकाशटेलले लिएको छ ।

 

पछिल्लो अध्यावधिक: जेठ १६, २०८३ १३:३