एन्ड्रोइड फोनलाई पीसीसँग यसरी गर्नुहोस् कनेक्ट, अब स्मार्टफोन चलाउनै पर्दैन
कात्तिक ८, २०८२ १०:६
एआई सिर्जित तस्बिर
काठमाडौँ । के तपाईँ मोबाइलमा नोटिफिकेसन टोन बज्ने वा आउने बित्तिकै सजिलै ध्यान भड्किनेमा पर्नु हुन्छ ? अथवा हरेक क्षण अपडेट हेर्न फोन समात्न रुचाउनु हुन्न ? अब चिन्ता नलिनुस् । माइक्रोसफ्टले त्यसको समाधान ल्याएको छ ।
डिजिटल संसार अब यति सजिलो र अन्तर आबद्ध भइसकेको छ कि तपाईँले आफ्नो फोनका धेरै गतिविधि कम्प्युटरबाटै गर्न सक्नुहुन्छ । यस्तै अभ्यास हामी मध्ये धेरैले ह्वाट्सएप चलाउन प्रयोग गरिरहेका पनि छौँ । त्यसरी नै विन्डोज प्रयोगकर्ताहरूले आफ्नो कम्प्युटरमै फोनमा आउने कल, मेसेज र नोटिफिकेसन प्राप्त गर्न सक्छन् ।
माइक्रोसफ्टको फोन लिङ्क ‘Phone Link’ एपले एन्ड्रोइड स्मार्टफोन र विन्डोज १० वा ११ बीचको दूरी घटाइरहेको छ । Phone Link ले पहिलेको ‘Your Phone Companion’ एपलाई प्रतिस्थापन गरेको छ । यसले प्रयोगकर्ताको मोबाइल मेसेज, कल र नोटिफिकेसनहरूलाई सिधै डेस्कटपमा पहुँच दिलाउँछ ।
उक्त एपको सहायताले तपाईँले आफ्नो फोन नै ननिकाली कम्प्युटरबाट कल गर्न वा उठाउन, मेसेज पठाउन वा जवाफ दिन, नोटिफिकेसन हेर्न र एन्ड्रोइड डिभाइसका हालसालै खिचिएका तस्विर प्राप्त गर्न दिन्छ । तपाईँको एन्ड्रोइड फोनलाई विन्डोज पीसीसँग लिङ्क गर्न निम्न तरिका अपनाउनुहोस्;
एन्ड्रोइड फोनलाई विन्डोज पीसीसँग कसरी जोड्ने ?
Phone Link प्रयोग गर्न तपाईँको पीसीमा विन्डोज १० मे २०१९ वा त्यसपछिको संस्करण हुन आवश्यक छ । साथै एन्ड्रोइड फोनमा एन्ड्रोइड ७.० (Nougat) वा माथिको भर्सन हुनुपर्छ । Phone Link एप विन्डोज १० (अक्टोबर २०१९ अपडेट वा त्यसपछिको) र सबै विन्डोज ११ पीसीमा प्रि–इन्स्टल भएको हुन्छ ।
आवश्यक एपहरू:
"Phone Link" (तपाईँको पीसीमा)
"Link to Windows" (LTW) (तपाईँको एन्ड्रोइड फोनमा)
यसमा तपाईँले के विचार पुर्याउनु पर्छ भने दुवै डिभाइसमा एउटै माइक्रोसफ्ट अकाउन्टबाट साइन-इन गर्नुपर्छ । Phone Link वाईफाई, मोबाइल डेटा वा इन्स्ट्यान्ट हटस्पटमार्फत चलाउन सकिन्छ । वाईफाई प्रयोग गर्दा दुवै डिभाइस नजिक, अन भएको र एउटै नेटवर्कमा हुन जरुरी छ ।
Phone Link खोल्नुहोस्:
विन्डोजको टास्कबार सर्च बक्समा “Phone Link” टाइप गर्नुहोस् र आउने एप खोल्नुहोस् ।
एन्ड्रोइड चयन गर्नुहोस्:
“Android” भनेर देखिएको विकल्प छान्नुहोस् ।
साइन-इन गर्नुहोस्:
माइक्रोसफ्ट अकाउन्टमा साइन-इन गर्नुपर्छ । आफ्नो एन्ड्रोइड फोनमा प्रयोग गरेको अकाउन्टमै लगइन गर्नुहोस्
Companion App इन्स्टल गर्नुहोस्:
तपाईँको पीसीमा aka.ms/yourpc नामक लिंक देखिनेछ । आफ्नो एन्ड्रोइड फोनमा ब्राउजर खोलेर उक्त लिंक टाइप गर्नुहोस् र “Link to Windows” एप इन्स्टल गर्नुहोस् वा खोल्नुहोस् ।
एन्ड्रोइडमा साइन-इन गर्नुहोस्:
“Link to Windows” एपमा एउटै माइक्रोसफ्ट अकाउन्ट प्रयोग गरेर साइन-इन गर्नुहोस् । त्यसपछि एपमा क्यूआर कोड स्क्यानर देखिनेछ ।
क्यूआर कोडमार्फत कनेक्ट गर्नुहोस्:
अब आफ्नो पीसीमा “I have the Link to Windows app installed on my phone” भन्ने बक्समा टिक लगाएर “Pair with QR code” छान्नुहोस् । “Pair manually” छानेर पीसीमा देखिएको कोड एन्ड्रोइड एपमा टाइप गरेर पनि गर्न सकिन्छ ।
क्यूआर कोड स्क्यान गर्नुहोस्:
तपाईँको पीसी स्क्रिनमा देखिएको क्यूआर कोडलाई एन्ड्रोइड फोनको “Link to Windows” एपबाट स्क्यान गर्नुहोस् ।
अनुमति दिनुहोस्:
कनेक्ट भएपछि एन्ड्रोइड डिभाइसले विभिन्न अनुमति माग्नेछ ।
पछिल्लो अध्यावधिक: कात्तिक ८, २०८२ १०:६
