पदयात्रामा जाँदै हुनुहुन्छ ? ११५५ मा फोन गरेर मौसमको अवस्था बुझेर मात्रै निस्कनुस्
कात्तिक ११, २०८२ १३:५४
एआई सिर्जित तस्बिर
काठमाडौँ । देशका उच्च पहाडी तथा हिमाली क्षेत्रहरूमा लगातार अत्यधिक हिमपात भइरहेकाले पदयात्रामा जानेहरूलाई सावधानी अपनाउन जल तथा मौसम विज्ञान विभागले आग्रह गरेको छ ।
विभागले यात्रामा निस्कनु अघि ११५५ नम्बरमा फोन गरी मौसमको अवस्था बुझ्न अनुरोध गरेको छ ।
यसैगरी, नेपाल पर्वतारोहण संघले पनि हिमाली क्षेत्रहरूमा भइरहेको लगातार हिमपातका कारण आरोहण दल र पदयात्रीहरूलाई उच्च हिमाली क्षेत्रमा नजान तथा पासहरू क्रस नगर्न अपिल गरेको छ ।
संघले हिमाली क्षेत्रमा रहेका सम्पूर्ण आरोहण दल र पदयात्रीहरूलाई सुरक्षित स्थानमा एकत्रित भएर बस्न आग्रह गरेको छ ।
पछिल्लो अध्यावधिक: कात्तिक ११, २०८२ १४:४५
