मौसमी प्रतिकूलतामा सञ्चार सेवा अवरुद्ध भयो ? यी नम्बरमा सम्पर्क गर्नुहोस्
कात्तिक ११, २०८२ १७:४९
काठमाडौँ । देशका उच्च पहाडी तथा हिमाली भू-भागका स्थानहरूमा हल्लादेखि मध्यम वर्ष र हिमपात भइरहेको छ । मौसमी प्रतिकूलताको समयमा जुनसुकै स्थानमा सञ्चार सेवा अवरुद्ध हुन सक्ने जोखिम रहन्छ ।
यस्तो अवस्थामा सञ्चार सम्पर्क अवरुद्ध भएमा विभिन्न नम्बरहरूमा सम्पर्क गरेर खबर गर्न सकिनेछ ।
मौसमी प्रतिकूलताका बिच सञ्चार सम्पर्क अवरुद्ध भएमा नेपाल टेलिकममा १४९८, एनसेल ९००५ र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको ९८५१४१०१०१ (ह्वाट्सएप) नम्बरमा खबर गरी आवश्यक लिन सकिने छ ।
पछिल्लो अध्यावधिक: कात्तिक ११, २०८२ १८:३
