close

स्मार्टफोन धेरै चलाउने आफ्नो बानीले दिक्क हुनु हुनु भयो ? यसो गर्दा पो घट्छ कि !

टेकपाना टेकपाना

कात्तिक १९, २०८२ ८:५६

स्मार्टफोन धेरै चलाउने आफ्नो बानीले दिक्क हुनु हुनु भयो ? यसो गर्दा पो घट्छ कि !

काठमाडौँ । अहिलेको डिजिटल युगमा स्मार्टफोन हाम्रा लागि अति उपयोगी भए पनि सामाजिक सञ्जाल, भिडिओ, गेम र संसारभरका सूचनाहरूमा तत्काल पहुँचका कारण यसलाई नचलाई राख्न गाह्रो भइरहेको हुन्छ । धेरै प्रयोगकर्ताहरू आफ्ना प्रियजनहरूसँग समय बिताउन, कुनै महत्त्वपूर्ण कार्यमा ध्यान केन्द्रित गर्न वा तनाव मुक्त रहन तथा आरामको लागि आफ्नो फोनबाट टाढा रहनुपर्छ भन्ने महसुस गर्छन् ।

प्रायः फोनहरूमा उपलब्ध हुने डिजिटल वेलबिङ टाइमरहरूले यो समस्याको समाधान गर्न नसक्ने प्रयोगकर्ताहरूको गुनासो रहेको छ । आज हामी तपाईँलाई आफ्नो स्मार्टफोनको प्रयोग कम गर्नका लागि आफैँले अपनाउन सकिने उपायहरू बताउँदैछौँ । जसले वास्तवमै महत्त्वपूर्ण कामहरूमा ध्यान केन्द्रित गर्न मद्दत पुर्‍याउन सक्छन् ।

१. फोनलाई एक निश्चित स्थानमा राख्नुहोस् र केही नोटिफिकेसन म्युट गर्नुहोस्

स्मार्टफोनको प्रयोग रोक्ने सबैभन्दा उत्तम तरिका भनेको यसलाई आफ्नो नजिक नराख्नु हो । प्रायजसो हामीले सोच्दै नसोची फोन समात्न खोज्छौँ, विशेषगरी जब बोर भएको अनुभूति हुन्छ ।

त्यसैले फोनलाई आफ्नो सामान्य बस्ने वा काम गर्ने ठाउँबाट बाहिर कुनै खास स्थानमा राख्नुहोस् । आवश्यक परेमा यो कहाँ छ भन्ने थाहा होस्, तर यसलाई सजिलै हात लाग्ने पहुँचबाट टाढा राख्नुहोस् ।

फोनलाई म्युट गर्नुहोस् । यदि तपाईँ पूर्ण रूपमा सम्पर्क विहीन हुन चाहनुहुन्न भने निश्चित एपहरूका नोटिफिकेसनहरू मात्र म्युट गर्नुहोस् । उदाहरणका लागि फेसबुक, रेडिट वा इन्स्टाग्राम जस्ता एपहरूबाट तत्काल सूचनाहरू आवश्यक नहुन सक्छन् ।

जे भए पनि त्यो नोटिफिकेसन पछि पनि हेर्न सकिन्छ । तर फोन कल वा मेसेज पठाउने एपहरूका लागि भने नोटिफिकेसन अन राख्न सकिन्छ ।

२. स्मार्टवाच लगाउनुहोस्

स्मार्टफोनबाट बच्नको लागि अर्को स्मार्ट डिभाइस लगाउने कुरा अनौठो लाग्न सक्छ । तर स्मार्टवाचले स्मार्टफोनसँग जोडिएका ‘केही छुटाउँछु कि’ भन्ने डर कम गर्न मद्दत गर्छ ।

स्मार्टवाचले तपाईँलाई कल आइरहेको छ कि छैन, मेसेजहरू कतिखेर आएको छ भन्नेदेखि अन्य महत्त्वपूर्ण सूचनाहरू बारे जानकारी दिन्छ । यसले तपाईँँलाई लगातार आफ्नो स्मार्टफोनमा फर्केर चेक गर्नुपर्ने आवश्यकताबाट जोगाउँछ ।

यदि तपाईँ स्मार्टवाचको स्मार्ट चिजहरू (जस्तै पिक्सेल वाच ४ वा सामसङ ग्यालेक्सी वाच ८ मा हुने एपहरू) बारे चिन्तित हुनुहुन्छ भने आधुनिक फिटनेस वाच जस्ता उपकरणहरू विचार गर्न सकिन्छ । यस्ता उपकरणहरूमा जरुरी नोटिफिकेसन मात्र प्रदान गर्छन् ।

३. फोन प्रयोग नगरेकोमा आफैँलाई पुरस्कृत गर्नुहोस्

राम्रो बानी बसाल्नका लागि आफैँलाई पुरस्कृत गर्नु एक प्रभावकारी तरिका हो । तपाईँले स्मार्टफोन प्रयोग नगर्नका लागि लक्ष्यहरू सेट गर्न सक्नुहुन्छ ।

उदाहरणका लागि फोन प्रयोग नगरी हरेक दुई घण्टा पूरा गरेमा एउटा बिस्कुट, चार घण्टामा बियर वा छ घण्टामा नयाँ पुस्तक जस्ता पुरस्कार आफैँलाई दिन सकिन्छ ।

अर्को विकल्प भनेको फोन प्रयोग नगरेकोमा पुरस्कार दिने एप प्रयोग गर्नु हो । फरेस्ट (Forest) नामक एप यसको एउटा राम्रो विकल्प हो । जसले तपाईँले निश्चित समयका लागि फोन प्रयोग नगर्दा एउटा रूख बढाउँछ । यदि तपाईँले लक्ष्य पूरा गर्नुभयो भने तपाईँको जङ्गल (forest) मा एउटा रूख थपिन्छ ।

आफ्नो जङ्गल हेर्दा नयाँ बानी बसाल्नमा कति सफलता मिल्यो भन्ने सम्झाउन यो एक मानसिक र आत्मिक रूपमा पुरस्कृत गर्ने तरिका हो ।

४. ब्याट्री सेभर मोड बन्द गर्नुहोस्

ब्याट्री सेभर मोडले फोनलाई लामो समयसम्म चलाउन मद्दत गर्छ । तर यसको अर्को अर्थ हो, फोन हातमा धेरै समय रहनु ।

ब्याट्री सेभर मोड बन्द गर्दा मनलाग्दी स्क्रोलिङ गर्नका लागि कम ब्याट्री उपलब्ध हुन्छ । यसरी बारम्बार चार्ज गर्नु पर्दा फोन धेरै समय चार्जरमा रहन्छ, जुन फोनबाट टाढा रहने एक 'अनिवार्य समय-सीमा' जस्तै हो ।

यसलाई अझ प्रभावकारी बनाउन फोनलाई सुत्ने कोठा वा आफूबाट टाढा अन्यत्र कतै चार्ज गर्नुहोस् ।

५. अन्य मनोरञ्जनका साधन खोज्नुहोस्

प्रायः फोनको अत्यधिक प्रयोगको कारण दिक्क लाग्दो हुन्छ । यसबाट बच्नका लागि बोरियत सुरु हुनु अघि नै यसलाई रोक्ने उपाय खोज्नुपर्छ ।

तपाईँले आफ्नो जीवनलाई आफूलाई आवश्यक पर्ने जति धेरै अन्य चीजहरूले सजावट गर्नुपर्छ । जस्तै: सोफामा एउटा म्यागेजिन वा पुस्तक, बाथरुममा ई-रिडर वा खाना पकाउने बेला नेटफ्लिक्स हेर्नका लागि ट्याब्लेट ।

टीभी हेरिरहेको बेला ध्यान केन्द्रित गर्नका लागि फिड्गेट टोय (हातमा खेलाउने चिज) राख्नु पनि उपयोगी हुन सक्छ । धेरै विकल्पहरू सुनिश्चित गर्दा फोनबाट बच्न सजिलो हुन्छ ।

६. अन्य सोख अपनाउनुहोस्

अन्तमा जुन समय तपाईँ फोनमा खर्च गर्न सक्नु हुन्थ्यो, त्यो समय भर्नका लागि अन्य सोखहरू खोज्नुहोस् । यदि तपाईँ राती टिभीको अगाडि घण्टौँ स्क्रोल गरिरहनु भएको छ भने किन अर्को सोख नअपनाउने ?

यस्ता कुनै पनि कुराले काम गर्न सक्छ । जसले तपाईँलाई फोनतर्फ हात बढाउनबाट रोक्छ र केही उपयोगी चिजहरू तयार हुन सक्छन् । 

 

पछिल्लो अध्यावधिक: कात्तिक १९, २०८२ ८:५६