close

धेरै आयकर तिर्ने सरकारी निकायमा दूरसञ्चार प्राधिकरण, आईटी तर्फ सर्वाधिक कर तिर्नेमा भेरिक्स

टेकपाना टेकपाना

मंसिर १, २०८२ १२:४

धेरै आयकर तिर्ने सरकारी निकायमा दूरसञ्चार प्राधिकरण, आईटी तर्फ सर्वाधिक कर तिर्नेमा भेरिक्स

काठमाडौँ । दूरसञ्चार क्षेत्रको नियामक नेपाल दूरसञ्चार प्राधिकरण सबैभन्दा धेरै आयकर तिर्ने सरकारी निकाय बनेको छ । कर दिवसको अवसरमा सोमबार सरकारले आर्थिक वर्ष २०८०/८१ मा सबैभन्दा धेरै कर तिर्ने व्यक्ति तथा संस्थाहरूको सूची सार्वजनिक गरेको हो ।

 जसअन्तर्गत प्राधिकरण सबैभन्दा धेरै आयकर तिर्ने निकायको रूपमा सम्मानित भएको छ ।  सूचना प्रविधि क्षेत्र तर्फ सर्वाधिक कर तिर्नेमा भेरिक्स नेपाल प्रालि रहेको छ । भेरिक्स नेपाल सफ्टवेयर विकास गर्ने आईटी कम्पनी हो । यो कम्पनीले सफ्टवेयर तथा एप्लिकेसन, बिजिनेस अपरेसन्स सपोर्ट र भर्चुअल रिस्क असेसमेन्टमा काम गर्दै आइरहेको छ । त्यस्तै डेटा प्रोसेसिङ, एनालिसिस र रिपोर्टिङको क्षेत्रमा पनि भेरिक्सले काम गर्दै आइरहेको छ ।  

त्यसैगरी, सरकारले नेपाल टेलिकमलाई समयमै कर तिर्ने करदाताको रूपमा सम्मान गरेको छ । वार्षिक ५० करोडदेखि बढीमा एक अर्ब रुपैयाँसम्म कारोबार गर्ने करदातामध्येबाट धेरै कर तिर्नेमा सीडीएस एण्ड क्लियरिङ लिमिटेड सम्मानित भएको छ । रेमिटेन्स तर्फ सर्वाधिक कर तिर्नेमा आइएमई रहेको छ । 

 

पछिल्लो अध्यावधिक: मंसिर १, २०८२ १२:४