close

आजदेखि ३ दिनसम्म प्रोटोन ईमास ईभीको एक्सचेन्ज अफर, ४६.९९ लाख बाट सुरु

टेकपाना टेकपाना

मंसिर ५, २०८२ ८:५३

आजदेखि ३ दिनसम्म प्रोटोन ईमास ईभीको एक्सचेन्ज अफर, ४६.९९ लाख बाट सुरु

काठमाडौँ । जगदम्बा मोटर्स प्रा. लि. अन्तर्गत सञ्चालन हुँदै आएको ईभी ब्रान्ड प्रोटोन ईमासले विशेष एक्सचेन्ज अफर कार्यक्रम घोषणा गरेको छ । यस कार्यक्रम शुक्रबारदेखि आइतबार (२१-२३ नोभेम्बर) सम्म काठमाडौँको ज्ञानेश्वरस्थित एटीकमा सञ्चालन हुनेछ ।

कार्यक्रममा विद्यमान सवारी साधन एक्सचेन्ज गर्न चाहने ग्राहकलाई प्रोटोन ईमासका विशेषताहरू, सेवा सुविधा र अफरका फाइदाबारे विस्तृत जानकारी प्रदान गरिने बताइएको छ । सो एक्सचेन्ज अफर रु. ४६.९९ लाख बाट सुरु हुनेछ ।

कम्पनीका अनुसार प्रोटोन ईमास ७ (Proton e.MAS 7) मा १६० किलोवाट क्षमताको शक्तिशाली मोटर प्रयोग गरिएको छ । यसमा १८० एमएम ग्राउन्ड क्लियरेन्स, एनईडीसी रेन्ज ४९२ र ५८५ किलोमिटर विकल्प रहेको छ । एडभान्स्ड सुरक्षा तथा प्रिमियम डिजाइनयुक्त यो ईभीको लम्बाइ ४६१० एमएम रहेको कम्पनीले जनाएको छ ।

 

पछिल्लो अध्यावधिक: मंसिर ५, २०८२ ८:५३