close

एनपीएल हेर्दा डिशहोम गोमा भिडिओ क्वालिटी कम आयो ? यसरी सकिन्छ बढाउन

टेकपाना टेकपाना

मंसिर १४, २०८२ १७:७

एनपीएल हेर्दा डिशहोम गोमा भिडिओ क्वालिटी कम आयो ? यसरी सकिन्छ बढाउन

काठमाडौँ । जारी नेपाल प्रिमियर लिग (एनपीएल) को खेल ओटीटी प्लेटफर्म ‘डिशहोम गो’ (DishHome GO) मार्फत प्रसारण भइरहेको छ । सशुल्क रूपमा उपलब्ध यो एपमार्फत विश्वभरका प्रयोगकर्ताले नेपालको घरेलु फ्रेन्चाइज लिगको मनोरञ्जन लिइरहेका छन् ।

एपमा एनपीएल हेर्दा प्रयोगकर्ताले कहिलेकाहीं भिडिओको गुणस्तर कमजोर भएको महसुस गर्न सक्छन् । सामान्यतः इन्टरनेटको स्पिड अनुसार एपले आफैँ भिडिओको क्वालिटी निर्धारण गर्छ । तर, कहिलेकाहीं इन्टरनेट राम्रो हुँदाहुँदै पनि भिडिओ कम गुणस्तरमा चलिरहेको हुन सक्छ । यस्तो अवस्थामा डिशहोम गो एपको सेटिङ मिलाएर क्वालिटी बढाउन सकिन्छ ।

क्वालिटी कसरी बढाउने ?

  • सबैभन्दा पहिले त तपाईंले शुल्क तिरेर एनपीएलको ‘सिजन पास’ लिएको हुनुपर्छ ।

  • त्यसपछि एप खोलेर ‘एनपीएल’ को सेक्सनमा जानुहोस् र लाइभ म्याच प्ले गर्नुहोस् ।

  • अब भिडिओको तलपट्टि रहेको ‘सेटिङ्स’ (Settings) को अप्सनमा जानुहोस् ।

  • त्यहाँ रहेको ‘क्वालिटी’ सेक्सनमा गएर आफूलाई उपयुक्त हुने (जस्तै: High, 1080p आदि) क्वालिटी छान्नुहोस् ।

  • यति गरेपछि तपाईंले आफ्नो डिभाइसमा उच्च गुणस्तरमा खेल हेर्न सक्नुहुन्छ ।

पछिल्लो अध्यावधिक: मंसिर १४, २०८२ १७:७